नेपाली क्रिकेटलाई केल्मीले दुई वर्षसम्म प्रायोजन गर्ने (भिडियो) « Khabarhub

नेपाली क्रिकेटलाई केल्मीले दुई वर्षसम्म प्रायोजन गर्ने (भिडियो)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुई वर्षीय सम्झौता अनुसार केल्मीले आगामी दुई वर्षसम्म नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जाने पुरुष र महिला सिनियरसँगै यू–१९ र यू–१६ टिमलाई जर्सी, ब्याग, ट्रयाकसुट, टोपी तथा जुत्ता उपलब्ध गराउने छ ।

वर्षमा १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले उक्त सामाग्री प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरीएको छ ।

उक्त समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा खेलकुद मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको विकासका लागि केल्मीले महत्वपूर्ण भुमिका निभाउनेमा आफु आशावादी रहेको बताए। यस प्रकारको प्रायोजनले खेलाडीहरुको मनोबल बढ्ने उल्लेख गर्दै मन्त्री अथकले अब खेलाडीहरुले खेलकुद सामाग्रीको अभाव झेल्ुनपर्ने समस्या हट्ने विश्वास ब्यक्त गरे।

कार्यक्रममा बोल्दै केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले नेपाली क्रिकेट क्षेत्रको विकासकालागि आगामी दुई वर्षसम्म केल्मी प्रायोजनको भुमिकामा रहने बताए । उनले यो सम्झौता अवधि आवश्यकताका आधारमा बढाउँदै लैजाने जानकारी दिए।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ४५ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा