खेलाडी र खेल पत्रकार सम्मानित (भिडियो) « Khabarhub

खेलाडी र खेल पत्रकार सम्मानित (भिडियो)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, २ प्रशिक्षक र १ निर्णायक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान आइतबार प्रदान गरेको छ ।

उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौँका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए । सबैले जनही १ लाखसहित प्रशंसा पत्र प्राप्त गरे ।

प्रशिक्षकमा तेक्वान्दोबाट नुवाकोटकी संगीना वैद्य र काठमाडौँका नोर्बु लामा सम्मानित भए । दुवैले समान अंक हासिल गरेकाले जनही ५० हजार नगदसहित प्रशंसा पत्र पाए ।

निर्णायकमा काठमाडौँका अशोक खड्का सम्मानित भए । तेक्वान्दोका उनलाई १ लाख नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।

सोही अवसरमा ९ खेल पत्रकारलाई सम्मान गरिएको थियो । खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट काठमाडौँका हिमेशरत्न वज्रचार्य (कान्तिपुर दैनिक) सम्मानित भए । उनले ५० हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रुपन्देहीकी सन्जु पौडेल (कान्तिपुर दैनिक) तथा पोखराका विजय नेपाली (ढोरपाटन दैनिक) जनही २५ हजार र प्रशंसा पत्रबाट सम्मानित भए ।

पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेशगततर्फ सम्मानित हुनेमा प्रदेश १ का नमिन ढकाल (स्थानीय सन्देश साप्ताहिक), प्रदेश २ का बसन्त खतिवडा (नयाँ पत्रिका दैनिक), बाग्मती प्रदेशका कुशल तिमल्सिना (कान्तिपुर दैनिक), गण्डकी प्रदेशकी सोनिता अर्याल (ग्यालेक्सी ४ के टिभी), लुम्बिनी प्रदेशका दीपक न्यौपाने (रेडियो नमस्ते), कर्णाली प्रदेशका रमेशकुमार पाण्डे (गुराँस खबर डटकम) र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट (रासस स्थानीय समाचारदाता) पुरस्कृत भए । सातैलाई समान २५–२५ हजार नगदसहित प्रशंसा पत्रबाट पुरस्कृत गरियो ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी र सह–सचिव एवं प्रवक्ता विष्णुराज ढकालले सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : २१ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक