खेलाडी र खेल पत्रकार सम्मानित (भिडियो) | Khabarhub Khabarhub

खेलाडी र खेल पत्रकार सम्मानित (भिडियो)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, २ प्रशिक्षक र १ निर्णायक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान आइतबार प्रदान गरेको छ ।

उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौँका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए । सबैले जनही १ लाखसहित प्रशंसा पत्र प्राप्त गरे ।

प्रशिक्षकमा तेक्वान्दोबाट नुवाकोटकी संगीना वैद्य र काठमाडौँका नोर्बु लामा सम्मानित भए । दुवैले समान अंक हासिल गरेकाले जनही ५० हजार नगदसहित प्रशंसा पत्र पाए ।

निर्णायकमा काठमाडौँका अशोक खड्का सम्मानित भए । तेक्वान्दोका उनलाई १ लाख नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।

सोही अवसरमा ९ खेल पत्रकारलाई सम्मान गरिएको थियो । खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट काठमाडौँका हिमेशरत्न वज्रचार्य (कान्तिपुर दैनिक) सम्मानित भए । उनले ५० हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रुपन्देहीकी सन्जु पौडेल (कान्तिपुर दैनिक) तथा पोखराका विजय नेपाली (ढोरपाटन दैनिक) जनही २५ हजार र प्रशंसा पत्रबाट सम्मानित भए ।

पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेशगततर्फ सम्मानित हुनेमा प्रदेश १ का नमिन ढकाल (स्थानीय सन्देश साप्ताहिक), प्रदेश २ का बसन्त खतिवडा (नयाँ पत्रिका दैनिक), बाग्मती प्रदेशका कुशल तिमल्सिना (कान्तिपुर दैनिक), गण्डकी प्रदेशकी सोनिता अर्याल (ग्यालेक्सी ४ के टिभी), लुम्बिनी प्रदेशका दीपक न्यौपाने (रेडियो नमस्ते), कर्णाली प्रदेशका रमेशकुमार पाण्डे (गुराँस खबर डटकम) र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट (रासस स्थानीय समाचारदाता) पुरस्कृत भए । सातैलाई समान २५–२५ हजार नगदसहित प्रशंसा पत्रबाट पुरस्कृत गरियो ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी र सह–सचिव एवं प्रवक्ता विष्णुराज ढकालले सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : २१ बजे

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै