मंगलबार हिन्दु धर्ममा किन मानिन्छ विशेष ? « Khabarhub

मंगलबार हिन्दु धर्ममा किन मानिन्छ विशेष ?


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ ।

मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा धारण गर्नु पर्छ । मंगलबारको व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ । मंगलबार गणेश भगवानको आराधना गर्दा ‘ॐ भौमाय नमः’ मन्त्रसहित जप गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फल दान गर्नुपर्दछ ।

यसका साथै मंगलबारको दिन हनुमान जीको उपासनाका लागि उत्तम मानिन्छ । हनुमान वास्तवमा मंगलको पनि अरिष्टदेवता हुन् । हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ । सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौराणिक कथाहरुमा उल्लेख छ ।

एक निश्चिल हृदय (छलकपटरहित) का देवताका रुपमा हनुमानलाई लिइन्छ । जीवनभर अविवाहित रही ब्रह्मचार्य प्राप्त योगी अथवा साधुको रुपमा पनि हनुमानलाई चिनिन्छ । मंगलबारको व्रत कथामा एक ब्राह्मणीले हनुमानको उपासना गरेकै कारण ‘मंगल’ नामक पुत्र प्राप्त गरेको धार्मिक कथामा उल्लेख छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ०१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,