रिसाहा र जिद्दी बच्चालाई कसरी फकाउने ? « Khabarhub

रिसाहा र जिद्दी बच्चालाई कसरी फकाउने ?


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै अभिभावक आफ्ना बच्चाको आक्रमक र रिसाहा स्वभावका कारण चिन्तामा रहने गर्दछन् । साना कुरामा पनि चाडै रिसाउने, जिद्दी गर्ने र आक्रमक हुने लगायतका कारणले यस्ता बच्चालाई कावुमा राख्न अभिभावकलाई सकस पर्दछ ।

हुनत बच्चा रिसाउनु स्वभाविक हो तर यो केवल क्षणिक हुनुपर्दछ । तर यदि बच्चा लामो समयसम्म रिसाउँछ वा धेरैजसो समय रिसाइरहेका हुन्छ भने यसले समस्या निम्त्याउँछ । यस्तोमा केहि बच्चामा आक्रमक हुने र हात उठाउँनेसम्म गर्दछन् । अझ कतिपय बच्चा त जे भेट्यो त्यसैले हिर्काउने, खेलौना तोड्ने सम्म गर्दछन् । यस्ता बच्चालाई कसरी नियन्त्रण गर्ने त ?

१. बच्चा रिसायो भने अभिभावक शान्त भएर फकाउनु पर्दछ । रिसाएको बच्चालाई कुटेर वा डर देखाएर तह लगाउने प्रयासले बच्चालाई थप आक्रमक हुन्छ । त्यसैले बच्चालाई अभिभावकले आफ्नो रिस वा आवेग देखाउनु हुदैँन ।

२. बच्चाकालागि अभिभावकले रमाइलो माहौल बनाइदिनुपर्छ । उनीहरुमा रिस पैदा हुन नदिने अवस्था बनाउनु पर्दछ । तर हरक्षण उनीहरुको चाहना पुरा गर्नु भने हुदैँन ।

३. बच्चाहरु बिना कारण रिसाउँदैनन् । तसर्थ यसको कारण खोजेर अभिभावकले बुझ्नुपर्छ । उनीहरुको शारीरिक पीडा, मानसिक तनाव हुनसक्छ वा पढाईको चाप हुनसक्छ ।

४. बच्चालाई समय दिनुपर्दछ । उनीहरुसँग खेल्ने, रमाउने गर्नुपर्छ । कथा सुनाउने, खेलाउने र सकेसम्म बच्चालाई एक्लै बस्न दिनु हुदैँन । उनीहरुलाई परिवारमा घुलमिल गराउनुपर्छ ।

५. बच्चाका अगाडि कुनै पनि हिंसात्मक कार्य वा कुरा गर्नु हुँदैन । फिल्म समेत हेर्न हुँदैन । बच्चालाई हिंसात्मक एवं डरलाग्दो फिल्म, कार्टुन हेर्नबाट पनि रोक्नुपर्छ ।

६. बच्चा रिसाएको बेला कुट्न हुँदैन । नम्रतापूर्वक व्यवहार गनुपर्दछ । उनीहरू प्रेमका भोका हुन्छन् त्यसैले आमाबुवाको सामिप्यता खोज्छन्, माया खोज्छन् । माया गरेर सम्झाउनु पर्छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : १० बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले