रिसाहा र जिद्दी बच्चालाई कसरी फकाउने ? « Khabarhub

रिसाहा र जिद्दी बच्चालाई कसरी फकाउने ?


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै अभिभावक आफ्ना बच्चाको आक्रमक र रिसाहा स्वभावका कारण चिन्तामा रहने गर्दछन् । साना कुरामा पनि चाडै रिसाउने, जिद्दी गर्ने र आक्रमक हुने लगायतका कारणले यस्ता बच्चालाई कावुमा राख्न अभिभावकलाई सकस पर्दछ ।

हुनत बच्चा रिसाउनु स्वभाविक हो तर यो केवल क्षणिक हुनुपर्दछ । तर यदि बच्चा लामो समयसम्म रिसाउँछ वा धेरैजसो समय रिसाइरहेका हुन्छ भने यसले समस्या निम्त्याउँछ । यस्तोमा केहि बच्चामा आक्रमक हुने र हात उठाउँनेसम्म गर्दछन् । अझ कतिपय बच्चा त जे भेट्यो त्यसैले हिर्काउने, खेलौना तोड्ने सम्म गर्दछन् । यस्ता बच्चालाई कसरी नियन्त्रण गर्ने त ?

१. बच्चा रिसायो भने अभिभावक शान्त भएर फकाउनु पर्दछ । रिसाएको बच्चालाई कुटेर वा डर देखाएर तह लगाउने प्रयासले बच्चालाई थप आक्रमक हुन्छ । त्यसैले बच्चालाई अभिभावकले आफ्नो रिस वा आवेग देखाउनु हुदैँन ।

२. बच्चाकालागि अभिभावकले रमाइलो माहौल बनाइदिनुपर्छ । उनीहरुमा रिस पैदा हुन नदिने अवस्था बनाउनु पर्दछ । तर हरक्षण उनीहरुको चाहना पुरा गर्नु भने हुदैँन ।

३. बच्चाहरु बिना कारण रिसाउँदैनन् । तसर्थ यसको कारण खोजेर अभिभावकले बुझ्नुपर्छ । उनीहरुको शारीरिक पीडा, मानसिक तनाव हुनसक्छ वा पढाईको चाप हुनसक्छ ।

४. बच्चालाई समय दिनुपर्दछ । उनीहरुसँग खेल्ने, रमाउने गर्नुपर्छ । कथा सुनाउने, खेलाउने र सकेसम्म बच्चालाई एक्लै बस्न दिनु हुदैँन । उनीहरुलाई परिवारमा घुलमिल गराउनुपर्छ ।

५. बच्चाका अगाडि कुनै पनि हिंसात्मक कार्य वा कुरा गर्नु हुँदैन । फिल्म समेत हेर्न हुँदैन । बच्चालाई हिंसात्मक एवं डरलाग्दो फिल्म, कार्टुन हेर्नबाट पनि रोक्नुपर्छ ।

६. बच्चा रिसाएको बेला कुट्न हुँदैन । नम्रतापूर्वक व्यवहार गनुपर्दछ । उनीहरू प्रेमका भोका हुन्छन् त्यसैले आमाबुवाको सामिप्यता खोज्छन्, माया खोज्छन् । माया गरेर सम्झाउनु पर्छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : १० बजे

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु– दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच

आणविक शक्ति थप सुदृढ पार्ने सङ्केत गर्दै किम जोङ उन पुनः वर्कर्स पार्टीको महासचिव चयन

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक