मिस नेवाः नेपाल फागुन पहिलो साता « Khabarhub

मिस नेवाः नेपाल फागुन पहिलो साता


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि ‘मिस नेवाः नेपाल’लाई निरन्तरता दिने भएको छ ।

नेप्लिज फेशन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’ आयोजना गर्ने भएको हो ।

‘मिस नेवाः नेपाल’का प्रतिस्पर्धीहरुले ‘वेष्ट स्कीन’, ‘वेष्ट हेयर’ र ‘वेष्ट पर्सनालिटी’का लागि गत आइतबार राजधानीको सुन्धरास्थित काठमाडौं मलमा रहेको ग्लो ब्युटी स्टुडियो काठमाडौँ मल पुगेर आफ्नो सुन्दरता थप आकर्षक बनाए । एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटी स्टुडियोले प्रतिष्पर्धीलाई सुन्दर बनाउने काम गरेको हो ।

प्रतिस्पर्धीहरुलाई क्लिजिङ, हेयरवास, थेडिङ, फेसवासलगायतका सेवा दिइएको ग्लो ब्युटि स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथा मोडल एवं अभिनेत्री दीपासा बिसिले जानकारी गराइन् । उनले नेवार सुन्दरीहरुलाई ब्युटी टिप्सको कक्षा पनि दिइन् ।

नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले प्रतिस्प्रर्धीहरुलाई ग्लो ब्युटी स्टुडियोले थप सुन्दर बनाएर उनीहरुलाई प्रोत्साहन गरेको बताइन् । कार्यक्रममा नेपाल क्योकुशिन सेइसिनका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ शिहान अशोककुमार श्रेष्ठ, ‘मिस नेवाःनेपाल ११३९’की विजेता नितु डंगोल तथा ‘मिस नेवाः’ हरु प्रजिता श्रेष्ठ, युनिसा शाही सहभागी थिए ।

१५औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । उनीहरुलाई विभिन्न विधामा तालिम र प्रशिक्षण दिइरहेको अध्यक्ष मानन्धरले जनाइन् ।

नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवाः नेपाल’ आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि ‘लिटिल मिस नेवाः’ आयोजना गर्दै आएको छ । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष मानन्धरले बताइन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ०३ बजे

हुम्लामा दुई मतदानस्थल थपिए

सिमकोट– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त

भक्तपुर– सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा

८ ओभर ४ बलको संघर्षपछि लुम्बिनीले लियो विराटनगरको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै