मिस नेवाः नेपाल फागुन पहिलो साता « Khabarhub

मिस नेवाः नेपाल फागुन पहिलो साता


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि ‘मिस नेवाः नेपाल’लाई निरन्तरता दिने भएको छ ।

नेप्लिज फेशन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’ आयोजना गर्ने भएको हो ।

‘मिस नेवाः नेपाल’का प्रतिस्पर्धीहरुले ‘वेष्ट स्कीन’, ‘वेष्ट हेयर’ र ‘वेष्ट पर्सनालिटी’का लागि गत आइतबार राजधानीको सुन्धरास्थित काठमाडौं मलमा रहेको ग्लो ब्युटी स्टुडियो काठमाडौँ मल पुगेर आफ्नो सुन्दरता थप आकर्षक बनाए । एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटी स्टुडियोले प्रतिष्पर्धीलाई सुन्दर बनाउने काम गरेको हो ।

प्रतिस्पर्धीहरुलाई क्लिजिङ, हेयरवास, थेडिङ, फेसवासलगायतका सेवा दिइएको ग्लो ब्युटि स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथा मोडल एवं अभिनेत्री दीपासा बिसिले जानकारी गराइन् । उनले नेवार सुन्दरीहरुलाई ब्युटी टिप्सको कक्षा पनि दिइन् ।

नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले प्रतिस्प्रर्धीहरुलाई ग्लो ब्युटी स्टुडियोले थप सुन्दर बनाएर उनीहरुलाई प्रोत्साहन गरेको बताइन् । कार्यक्रममा नेपाल क्योकुशिन सेइसिनका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ शिहान अशोककुमार श्रेष्ठ, ‘मिस नेवाःनेपाल ११३९’की विजेता नितु डंगोल तथा ‘मिस नेवाः’ हरु प्रजिता श्रेष्ठ, युनिसा शाही सहभागी थिए ।

१५औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । उनीहरुलाई विभिन्न विधामा तालिम र प्रशिक्षण दिइरहेको अध्यक्ष मानन्धरले जनाइन् ।

नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवाः नेपाल’ आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि ‘लिटिल मिस नेवाः’ आयोजना गर्दै आएको छ । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष मानन्धरले बताइन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ०३ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै