सुनील यसरी बने गुत्थी « Khabarhub

सुनील यसरी बने गुत्थी


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारतीय टेलिभिजन शोलाई मनपराउने जोकोही दर्शक ‘गुत्थी’, ‘रिंकु भाभी’ र ‘डाक्टर मशुहर गुलाटी’ चरित्रसँग परिचित छन् ।

किनकी यी चरित्रमा अभिनय गर्ने कलाकार सुनील ग्रोवर हुन् । ‘कमेडी नाइट्स विद कपिल’ र ‘द कपिल शर्मा शो’को यो भूमिकाले उनलाई रातारात ख्याति दियो । तर आज उनी कमेडीबाट केही पछाडि हटेर केही फरक भूमिकामा पाइला चालिरहेका छन् । हालै रिलिज भएको वेब सिरिज ‘ताण्डब’ मा उनी यस्तै एक प्रमुख भूमिकामा देखिएका छन् ।

हरियाणाबाट मुम्बई यात्रा
सुनीलको जन्म सन् १९७७ अगस्ट ३ मा हरियाणाको शहर डबवालीमा भएको थियो । उनले स्कुलको शिक्षा आर्य विद्या मन्दिर डबवालीबाट लिए । उनले बाँकी पढाई गुरुनानक कलेजबाट पुरा गरे ।

सुनीलका पिता जेएन ग्रोव स्टेट बैंक अफ बीकानेर एण्ड जयपुरमा मेनेजर थिए । अहिले उनी रिटायर्ड भइसकेका छन् । पन्जाब विश्वविद्यालयको थिएटर विभागबाट पीजी गरेपछि सुनील अभिनयको भाग्य चम्काउन मुम्बई आएका थिए ।

टेलिभजिनमा जोडिनु अघि उनी नयाँदिल्लीको रेडियो स्टेसन रेडियो मिर्चीमा काम गर्थे । उनले रेडियोमा ‘हँसी के फब्बारे’ कार्यक्रम चलाए । जुन कार्यक्रम निकै लोकप्रिय बन्यो । रेडियोमा उनको चरित्रको नाम सुदर्शन थियो ।

जसपालले चिने प्रतिभा
सुनीलले आफ्नो फिल्मी डेब्यू फिल्म ‘प्यार तो होना ही था’बाट सुरू गरेका थिए । उनको प्रतिभालाई प्रख्यात कमेडियन जसपाल भट्टीले पहिचान गरेका थिए ।

जसपालमार्फत नै उनले कैयौं शोको अफर पाए । सुनीलको लोकप्रिय भूमिका ‘गुत्थी’को पछाडि एउटा रोचक कथा छ । सुनीलले यो भूमिकाको प्रेरणा आफ्नो कलेजकी एक साथीबाट पाएका थिए । त्यही साथीबाट प्रभावित भएर निभाएको ‘गुत्थी’ चरित्र उनका लागि टर्निङ प्वाइन्ट बनिदियो ।

सुनीलका अनुसार उनी आफ्नो प्रस्तुति दिनु अघि श्रीमति आरतीलाई आफ्ना सबै जोक सुनाउथे । किनकी त्यो जोकले दर्शकमा कस्तो प्रभाव पार्छ भन्ने जान्न उनले यो सूत्र अपनाएका थिए ।

उनले जोक सुनाउँदा आरती हासिन् भने दर्शकले मनपराउनेमा ढुक्क थिए भने आरतीले कुनै प्रतिक्रिया जनाइनन् भने उनी हसाउने फर्मुला खोज्दथे । सुनीलकी श्रीमति पेशाले इन्टेरियर डिजाइनर हुन् । उनीहरूका एक छोरा छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ३२ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण