चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन « Khabarhub

चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– चुरे संरक्षण अभियानले मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गरेका छन् । मंगलबार चुरे तथा वन जङ्गल संरक्षण अभियानले चुरे बचाउन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी विरोध प्रर्दशन गरेका हुन् । यद्यपी उक्त क्षेत्रमा आन्दोलन र प्रर्दशन निषेध रहेकाले प्रहरी प्रर्दशनकारीलाई रेल्वे लिक भन्दा अगाडी जान दिएनन् ।

रेलवे स्टेशनबा सुरू भएको प्रर्दशन भानु चोक हुँदै मुख्यमन्त्री कार्यालय पुगेको थियो । प्रर्दशनकारीले भ्रष्ट मन्त्री राजीनामा देऊ, चुरे माफियालाई कारवाही गर, अवैध रुपमा खोला उत्खनन गर्न पाउदैनन् र महोत्तरी वनको प्रमूखलाई कारवाही गर लगायतको नाराबाजी गर्दै प्रर्दशन गरेका छन् ।

प्रर्दनकारीले कार्यालयको अगाडी गएर आफ्नो आवाज राख्न माग गर्दा प्रहरीले बल प्रयोग गरी रोकेका थिए । केही समय प्रहरी र प्रर्दशनकारी बीच खिचातानीसमेत भएको थियो । चुरे बचाउ संघर्ष समितिका प्रदेश संयोजक संयोजक सुनिलकुमार यादवले चुरे जोगाउन पटक पटक सरकारलाई पत्राचार गरेपनि वेवास्ता गरेकाले ध्यानाकर्षण स्वरुप पर्दशन गरेको बताए ।

संयोजक यादवका अनुसार अभियानले चरणबद्ध आन्दोलन सुरू गरेको छ । अभियानले महोत्तरी जिल्लाका बनका डेफो हेमनत साहमाथि मुद्दा चलाउन समेत माग गरेको छ । वन प्रमुख साहले महोतरीको रम्तेल डाडा सामुदायीक वनको अनाधिकृतरुपमा तस्कर संग मिलेर चार सय रुख कटान गरेको आरोप लगाएका छन् ।

‘वनको प्रमूखलाई बचाउन सानो कर्मचारीलाई मात्र कारवाही गरेको छ,’उनले भने, ‘वन फडानी गर्न निर्देशन दिएको हाकीमलाई उम्काउने प्रयास हुँदै छ ।’ अभियानले मिथिला नगरपालिकाका ओम प्रकाश भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्नु पर्ने, प्रदेश २ सरकारले अनुमती दिएका क्रसर उद्योगमा छानबीन गरी मापदण्ड विपरीतलाई तत्काल बन्द गर्नुपर्ने र सिरहामा सञ्चालित मारुती सिमेन्टले कानुन विपरीत अतिक्रमण गरेको जग्गा पुनः वनको नाममा फिर्ता हुनु पर्ने माग गरेका छन् ।

यस्तै रौतहटमा सागरनाथ वन विकास परियोजनाको अतिक्रमित दुई सय हेक्टर जग्गा फिर्ता गर्नु पर्ने र विपि पुष्पलाल सामुदायिक वन रौतहटको एकसय हेक्टर अतिक्रमित जग्गा फिता गर्नुपर्ने लगायतको माग राखेका छन् ।

अभियानले माघ ८ गते रौतहटको गौर, माघ ९ गते सलार्हीको मलंगवा, माघ ११ गते महोत्तरीको जलेश्वर, माघ १३ गते सिरहामा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ४० बजे

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो