१८ घरमा तोडफोड र चोरी « Khabarhub

१८ घरमा तोडफोड र चोरी


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता १८ घरमा तोडफोट तथा चोरी भएको छ ।

गलकोट नगरपालिका–१, २ र ५ का विभिन्न बस्तीका घरमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् ।
शनिबार राति गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे र ताराप्रसाद गैरेको घर तोडफोड भएको थियो भने त्यसको अघिल्लो दिन थान तथा भुङ्गानीमा चोरी भएको थियो ।

नगरप्रमुख गैरेको घरबाट १० हजार नगद, सुनको जन्तर र औँठीसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार धेरैजासो खाली भएका घरमा तोडफोड र चोरी भएको हो ।

वडा–५ का रमेश थापाको घरबाट आइतबार राति ४० हजार चोरी भएको छ । राति कति बेला चोरी भयो भन्ने एकिन नभएको थापा बताउँछन् । घरको दोस्रो तलमा बसे पनि भूइतलामा चोरी भएकाले त्रासको अवस्था सिर्जना भएको उनले बताए ।

आइतबार राति नै वडा–५ कै हरिचौरस्थित गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहित आठ घरमा चोरी र तोडफोड भएको सहकारी संस्थाका अध्यक्ष गणेश खत्रीले जानकारी दिए । सहकारीको चाबी फोरेर भित्र पस्न खोजेको तर सटरको लक खोल्न नसकेपछि त्यहाँबाट भागेको सिसी क्यामेरको फुटेजमा देखिएको अध्यक्ष खत्रीले बताए ।

आइतबार राति एकदेखि दुई बजेको बीचमा तोडफोड गर्न थालेको अध्यक्ष खत्रीले बताए । सहकारीको सिसी टिभी फुटेजमा मुखमा माक्स लगाएको, फलामको डण्डी बोकेको एक जना व्यक्तिले तोडफोड गर्न खोजेको उनको भनाइ छ । खत्रीले प्रहरी चौकीकै नजिक दैनिकजसो चोरीका घटना बढ्नु सुरक्षा कमजोरी भएको गुनासो गरे ।

पछिल्लो समय दैनिकरुपमा भइरहेका तोडफोड र चोरी घटनाले सुरक्षामा केही प्रश्न र संशय स्वभाविकरुपमा उठेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख मल्ल बताउँछन् । घटनाबारे प्रहरीले अनुसन्धान र सम्भावित तोडफोड र चोरीका घटना रोक्न नियमित गस्ती र निगरानीसमेत बढाएको प्रहरी निरीक्षक मल्लले बताए । बसाइसराईले खाली भएका घरमा तोडफोड र चोरी बढी भएकाले चोरीको विवरण सङ्कलनमा समस्या भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ३ : १४ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका