नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको कारोबार « Khabarhub

नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको कारोबार


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा आज ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ सय ११ कम्पनीको सेयर कारोबार भएको हो।

आज नेप्से १५.८७ अंकले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेको छ। उक्त कारोबारमा १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ५३ हजार ३ सय ३४ पटक सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, व्यापार, होटल, उत्पादन र अन्य समूहको कारोबार सूचक झरेको छ भने बाँकीको कारोबार सूचक बढेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको आज सर्वाधिक ६१ करोड ४० लाखको कारोबार भएको छ। दोस्रो सर्वाधिक कारोबार भने प्रभु बैंकको छ। बैंकको २९ करोड ५२ लाखको, पुनर्बीमा कम्पनीको २७ करोड ३६ लाखको, शिखर इन्स्योरेन्सको २५ करोड १९ लाखको र एनआईसी एसिया बैंकको १८ करोड २८ लाखको कारोबार भएको हो।

आज १५ कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ। यी कम्पनीका लगानीकर्ताले कमाउँदा गुमाउनेले भने आज ३.९५ प्रतिशतसम्म गुमाएका छन्।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ०४ बजे

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का