सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ  « Khabarhub

सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ 


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली शान्ति सैनिक मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रमा समेत तैनाथ भई कार्य गर्दै आएको छ ।

उक्त क्षेत्रमा २० फिट हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको सिरेटोमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखिको सिरिया र इजरायलबीच विवाद अहिले पनि कायमै छ । संयुक्त राष्ट्रसङ्घले उक्त विषयमा विवाद उपन्न भएदेखि नै शान्ति सैनिक त्यस क्षेत्रमा तैनाथ गरिरहेको छ ।

विश्वकै सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो सङ्ख्यामा विद्युतीय धराप रहेको बताइएको छ । सो क्षेत्रमा द्वन्द्वरत सशस्त्र समूहको चलखेल पनि धेरै नै हुने गरेको जानकारी दिइएको छ ।

वर्षको आधा समय हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौज मुस्ताङको कैसाङस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला तालिम लिएका नेपाली सैनिक हुन ।

सन् २०१३ देखि नेपाली शान्ति सैनिक तैनाथ उक्त इलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारी साधन पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरिँदै आएको उक्त निर्देशनालयले जनाएको छ ।

द्वन्द्वरत राष्ट्रमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणामस्वरुप सिरियास्थित मिशनको फोर्स कमाण्डरको जिम्मेवारी हालका प्रधानसेनापति पूर्णचन्द्र थापा, अप्रा रथी बालानन्द शर्मा र अप्रा उपरथी शिवराम खरेलले कुशलतापूर्वक सम्पन्न गरेका थिए ।

हाल उक्त मिसनको फोर्स कमाण्डरमा रथी ईश्वर हमाल कार्यरत छन । नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको उक्त मिशनमा नेपाली सेनाको चिकित्सक अधिकृतसहितको मेडिकल टोली पनि कार्यरत छ ।

आन्तरिक द्वन्द्वकाकारण विद्रोहीबाट क्षति पुर्‍याइएका शान्ति सैनिकका व्यारेक संरचना पुनःनिर्माण र व्यारेक स्थानको सुरक्षा चुस्त तुल्याउन सेनाको इञ्जिनीयर टिम त्यस क्षेत्रमा डटेर काम गरिहेको छ ।

अनुशासित र व्यावसायिक नेपाली सेनाको कार्यक्षमताका कारण संयुक्त राष्ट्रसङ्घ तथा सिरियाली सरकारको नेपाली शान्ति सैनिकको कामको तारिफ हुँदै आएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ५५ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका