सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ  « Khabarhub

सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ 


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली शान्ति सैनिक मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रमा समेत तैनाथ भई कार्य गर्दै आएको छ ।

उक्त क्षेत्रमा २० फिट हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको सिरेटोमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखिको सिरिया र इजरायलबीच विवाद अहिले पनि कायमै छ । संयुक्त राष्ट्रसङ्घले उक्त विषयमा विवाद उपन्न भएदेखि नै शान्ति सैनिक त्यस क्षेत्रमा तैनाथ गरिरहेको छ ।

विश्वकै सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो सङ्ख्यामा विद्युतीय धराप रहेको बताइएको छ । सो क्षेत्रमा द्वन्द्वरत सशस्त्र समूहको चलखेल पनि धेरै नै हुने गरेको जानकारी दिइएको छ ।

वर्षको आधा समय हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौज मुस्ताङको कैसाङस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला तालिम लिएका नेपाली सैनिक हुन ।

सन् २०१३ देखि नेपाली शान्ति सैनिक तैनाथ उक्त इलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारी साधन पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरिँदै आएको उक्त निर्देशनालयले जनाएको छ ।

द्वन्द्वरत राष्ट्रमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणामस्वरुप सिरियास्थित मिशनको फोर्स कमाण्डरको जिम्मेवारी हालका प्रधानसेनापति पूर्णचन्द्र थापा, अप्रा रथी बालानन्द शर्मा र अप्रा उपरथी शिवराम खरेलले कुशलतापूर्वक सम्पन्न गरेका थिए ।

हाल उक्त मिसनको फोर्स कमाण्डरमा रथी ईश्वर हमाल कार्यरत छन । नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको उक्त मिशनमा नेपाली सेनाको चिकित्सक अधिकृतसहितको मेडिकल टोली पनि कार्यरत छ ।

आन्तरिक द्वन्द्वकाकारण विद्रोहीबाट क्षति पुर्‍याइएका शान्ति सैनिकका व्यारेक संरचना पुनःनिर्माण र व्यारेक स्थानको सुरक्षा चुस्त तुल्याउन सेनाको इञ्जिनीयर टिम त्यस क्षेत्रमा डटेर काम गरिहेको छ ।

अनुशासित र व्यावसायिक नेपाली सेनाको कार्यक्षमताका कारण संयुक्त राष्ट्रसङ्घ तथा सिरियाली सरकारको नेपाली शान्ति सैनिकको कामको तारिफ हुँदै आएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ५५ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा