यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया « Khabarhub

यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड १९ विरुद्धको खोप नेपालमा ल्याउन छिटो छरितो र सहज रुपमा भन्सार जाँचपास प्रक्रिया अपनाइने भएको छ ।

भन्सार विभागले कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको जाँचपास सम्बन्धि जानकारीका लागि मुख्य भन्सार विन्दुहरुमा विशषत त्रिविस्थल भन्सार कार्यलयमा छुट्टै इकाई खडा गरी कर्मचारी खटाइने जनाएको छ ।

यसका लागि विभागमा तत्काल समस्या समाधान कार्यदल रहनेछ ।

खोप पठौरी पूर्व नै कागजातहरु उपलब्ध भएमा खडा भएको इकाइमार्फत जाँचपासको पक्रिया मिलाइने विभागले जनाएको छ ।  पैठारीका कागजातहरुमा खोपको परिमाण तथा मुल्य नखुलेको पाइएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी जाँचपास गरिने विभागका महानिर्देशक सुमन दाहालले बताए ।

उनकाअनुसार पैठारीकर्ताले औषधी व्यवस्था विभागबाट प्राप्त गरेको खोप अनुमतिको प्रमाण पत्र सहित पेश भएका कागजातका आधारमा गेट वा काउन्टरबाटै शीघ्र जाँचपासको व्यवस्था मिलाइनेछ ।

त्यस्तै जाँचपासका लागि आवश्यक कागजात पेश नभएको वा महसुलको सम्बन्धमा कुनै दुविधा उत्पन्न भएमा यथाशीघ्र स्वास्थ्य मन्त्रालयसँग आवश्यक समन्वय गरी मालवस्तुको जाँचपास गरिने व्यवस्था मिलाइने जनाइएको छ ।

भन्सार विभागद्वारा जारी सूचना यस्तो छ-

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : १२ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक