सेलिब्रेटीलाई ‘सेलेब्स ग्रिट्स’ « Khabarhub

सेलिब्रेटीलाई ‘सेलेब्स ग्रिट्स’


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेलिब्रेटीहरुलाई फ्यान र शुभचिन्तकसँग नजिकबाट साक्षात्कार गराउने लक्ष्यसहित नेपालमा पहिलो पटक ‘सेलेब्स ग्रिट्स’ नामक वेभसाइट र एप्लिकेशन लञ्च भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त वेभसाइटको सुरुवात भएको हो । कार्यक्रममा ‘सेलेब्स ग्रिट्स’को ब्राण्ड एम्बेस्डरमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भएको घोषणा गरियो ।

एप्लिकेसनका सीइओ इन्जिनियर समुल खड्काले हाल यो एप्लिकेशनमा ३० बढी सेलिब्रेटीहरु जोडिएको र आगामी दिनमा अन्य सेलिब्रेटीहरुलाई पनि आबद्ध गराउने बताए ।

‘सेलेब्स ग्रिट्स’को टिममा खड्कासँगै इन्जिनियर प्रशान्त खड्का सह–निर्माता समेत छन् भने बोर्ड अफ डारेक्टरमा इन्जिनियर तपेन्द्रबहादुर खड्का छन् ।

यो एप्लिकेशनसँग आवद्ध सेलिब्रेटीबाट न्यूनतम शुल्कमा फ्यान तथा शुभचिन्तकहरुले आफूले चाहेको सन्देश प्राप्तिको लागि अनुरोध गर्न सक्नेछन् । त्यहाँ जम्मा हुने शुल्क सेलिब्रेटीहरुले सामाजिक कार्यको लागि खर्चिनेछन् ।

एप्लिकेशन तथा वेभसाइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्वन्धित टिमले सेलिब्रेटीलाई सूचना पठाउनेछ, त्यसपछि शुभचिन्तकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्ने सेलेब्सग्रिट्सडटकमले जनाएको छ ।

हालसम्म यो फिचर्डमा नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडल जोडिएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : १४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको