यस्तो छ टन्सीलबाट बच्ने घरेलु उपाय « Khabarhub

यस्तो छ टन्सीलबाट बच्ने घरेलु उपाय


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाम्रो घाँटीको बीचमा श्वास र अन्न नली हुन्छ । त्यसको दुवै साइडमा ११ वटा ग्रन्थी हुन्छ । त्यसलाई टन्सील भनिन्छ ।

रुघा, खोकी दम र टन्सिल हुनमा स्टे«प्टोकोक्स र फिल्ट्रेवल जस्ता भाइरसको ठूलो भूमिका हुन्छ । यी भाइरस धुलो, धुवाँ, चिसो, बासी, सडेगलेको खानामा हुन्छ । साथै चिल्लो धेरै तारे भुटेको खाना आदिबाट टन्सील हुन्छ ।

जब टन्सील हुन्छ यो सुनिन्छ । रातो हुन्छ र दुख्छ । धेरै सुनिएमा कानको नलिमा समेत असर गर्दछ । इन्फेक्सन बढ्दै गएमा गुच्चाको आकार जस्तो हुन्छ । यो पाक्न पनि सक्छ । यो बेला अप्रेशन गर्नु पर्दछ । पाकेर फुट्यो भने त्यसको पिपले फोक्सोलाई नराम्रोसँग हानी गर्छ । कहिलेकाहीँ टन्सीलमा साना सेता धब्बाहरू पनि देखिन्छन् । धेरै टन्सील भैरहने र छिटो छिटो ज्वरो आइरहने व्यक्तिलाई मुटु र मृगौला रोग पनि हुन सक्दछ ।

 घरेलु उपचार

अदुवा, बेसार, सुठो पानी सेवन गर्ने,

त्रिकुट (मरिच, दाल्चिनी, पिप्ला) मिलाएर मुखमा च्यापिरहने

नुनपानीले, लसुनपानी फुराएको फिटकिरी पानी वा निम्पता उमालेको पानीले कुल्ला गरिरहने

टमाटरको तातो सुपमा मरिच र विरेनून राखेर सेवन गर्ने

गाँजरको रस तातो पानी मरिच र विरेनून राखेर सेवन गर्ने

आलसको धुलो बनाई घिउमा फ्राइ गर्ने र पानी राखेर ढिँडोजस्तो बनाई कपडामा राखेर वाफले सेक्ने । टन्सिल निको हुन्छ ।

तनाव नलिने, यदि औषधि प्रयोग गर्नै परेमा आयुर्वेदिक उपचार, अकुप्रेसर आदि गर्ने ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : ०१ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन