कसरी अन्त्य होला कोरोना संक्रमण ! | Khabarhub Khabarhub

कसरी अन्त्य होला कोरोना संक्रमण !


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै व्यक्तिले वसन्त ऋतुका आफ्नो पूर्वयोजनाहरू समायोजन गरेका छन् । यद्यपि, धेरै व्यक्तिहरू वर्षा र शरद ऋतुसम्म मानिसको दिनचर्या सामान्य हुने अपेक्षा गरिरहेका छन् ।

के उनीहरूलाई यस्तो सोच्ने अधिकार छ ? लकडाउनको चक्रबाट बच्न हामीले के गर्न सक्छौँ ? छोटकरीमा भन्नुपर्दा हामी महामारी तीव्ररूपमा कसरी अन्त्य गर्न सक्छौँ ?

विश्वको कुरा गर्दा बेलायत पाँच वटा प्रभावकारी र सुरक्षित भ्याक्सिन उत्पादन गर्ने बलियो अवस्थामा छ । चुनौती भने धेरै छन् । हामीमाझ रहेको भाइरसको प्रकारका विषयमा हामी अवगत छौँ ।

ब्राजिल, दक्षिण अफ्रिका लगायतका क्षेत्रमा फैलिएका नयाँ प्रकारको भाइरस थप सक्रमणकारी रहेको तथ्य बाहिर आइरहेको छ । यस्तो अवस्थामा बेलायमा पनि गम्भीर स्वास्थ्य परिणाम आउन सक्ने सम्भावना जीवित रहन्छ ।

त्योभन्दा पनि खराब अवस्था भनेको निरन्तर परिवर्तन भइरहेको भाइरसको प्रकार हो । ब्राजिल, दक्षिण अफ्रिका लगायतमा परिवर्तन भइरहेको भाइरसको प्रकारले हामीले उत्पादन गरेको भ्याक्सिन र रोग प्रतिरोधात्मक क्षमतामा नै असर गर्नसक्छ । त्यसको परिणाम उत्पादित भ्याक्सिनको प्रभावकारिता कम हुने सम्भावना रहन्छ भने पुनः संक्रमणको दर बढ्न सक्नेछ । कोभिड–१९ को एक प्रकारको रोग लाग्यो भन्दैमा अर्को लाग्दैन भन्ने आधार छैन ।

आउने बाटो असहज छ तर हामी सहज बाटो पहिल्याउन सक्छौँ । समृद्ध देश जस्तै न्यूजील्यान्ड, अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत र युरोपमा रहेका अन्य देशसँग निश्चित रणनीति अपनाउँदै नयाँ प्रकारको भाइरस संक्रमण हुनबाट रोक्ने उपाय अपनाउन सक्ने अवस्था छ । त्यसका लागि उनीहरूले मिश्रित परीक्षण, ट्रेसिङ र आइसोलेशनको उपाय अपनाउन सक्छन् ।

मानिसबीचको घुलमिल रोक्न छोटो र प्रभावकारीरूपमा लकडाउन गर्ने र नयाँ प्रकारको भाइरस फैलनबाट रोक्न सीमा क्षेत्रमा नियन्त्रणको उपाय अपनाउन सक्छन् । यी उपाय अपनाउँदा सबै देशमा महामारी फैलिनबाट रोक्न सकिन्छ भने वैश्विक महामारीलाई अन्त्य गर्नतर्फ उन्मुख हुन सकिन्छ ।

यदि यी देशले धेरैभन्दा धेरै आफ्ना जनता समक्ष भ्याक्सिन पुर्‍याउन सके भने र आफ्नो देशमा देखा परेको नयाँ प्रकारको भाइरस अन्य देशमा फैलिनबाट रोक्न सके भने आगामी ६–८ महिनाको अन्तरालमा आन्तरिकरूपमा सामान्य जीवनमा प्रवेश गर्न सकिनेछ । यो भनेको हामी विद्यालय सञ्चालन गर्न सक्ने अवस्थामा प्रवेश गर्न सक्छौँ भन्ने हो ।

यस्तै रेस्टुरेन्ट, व्यायामशाला, लाइभ म्युजिक कार्यक्रम र खेलकुद सञ्चालन गर्न सक्नेछौँ । यद्यपि भुसको आगोजस्तै फैलिन सक्ने संक्रमणका विषयमा सचेत त हुनै पर्छ । यदि त्यो फैलियो भने पनि आन्तरिक हुनेछ र छोटो समयका लागि हुनेछ ।

हठातरूपमा महामारी अन्त्य हुने सम्भावना छैन । यो विस्तारै हुनेछ । समृद्ध देशले परीक्षण र भ्याक्सिनको प्रयोग र प्रभावकारी स्वास्थ्य उपचारबाट अन्त्य गर्नेछन् । गरिब देशले त्यसको लागि संघर्ष गर्नुपर्ने हुन्छ ।

आन्तरिकरूपमा स्वतन्त्र हुनका लागि हामीले मूल्य चुनाउनुपर्ने छ, बाह्य यात्रामा प्रतिबन्ध सहित । इजरायलको भ्याक्सिन कार्यक्रमको प्रभावकारिता हामीले देखिरहेका छौँ । त्यसका लागि उनीहरूले विदेशीलाई देशभित्र आउन दिइरहेका छैनन् भने जान पनि दिइरहेका छैनन् ।

क्यानडा प्रवेशमा अन्तर्राष्ट्रिय यात्रीले चारमध्ये एक विमानस्थल प्रयोग गर्नुपर्छ भने देशभित्र प्रवेश गरेपछि तोकिएको होटेलमा आइसोलेशनमा बस्नुपर्ने हुन्छ । गत वर्षको महामारीबाट हामीले सिकेको शिक्षाले महामारीबाट बच्ने यो उत्तम उपायका रूपमा देखाएको छ ।

यसको अर्थ बेलायतलाई के हुन्छ ? १५ मिलियन भ्याक्सिनेसन भनेको बेलायतका लागि अतुलनीय शुरूवात हो । संक्रमणदर घटाउन भ्याक्सिनेसनको दर अझ तीव्ररूपमा बढाउनुपर्ने आवश्यकता छ ।

हामीले हाम्रो परीक्षण दर, ट्रेसिङ र आइसोलेश न व्यवस्था अझ बढाउनुपर्ने हुन्छ । आइसोलेशनलमा बसेका मानिसलाई सहयोग गर्नु पनि उत्तिकै जरुरी हुन्छ । घरैमा आइसोलेशनमा बसेकाको खर्च पनि सरकारले नै व्यर्होनु पर्छ । योसँगै आउने वर्षायामभर नै हामीले अन्तर्राष्ट्रिय आवागमनमा दृढतापूर्वक प्रतिबन्ध लगाउनुपर्छ ।

बेलायत महामारी रोकथामका लागि यसरी अघि बढिरहेको छ । यद्यपि, बाहिरबाट आएको यात्रुको आइसोलेशन व्यवस्थित बनाउने विषयमा भने हिच्किचाइरहेको पाइन्छ । बाहिरबाट आएका तर संक्रमण पुष्टि भएका मानिसलाई मात्रै आइसोलेशनको व्यवस्था गर्नुको सट्टा सबैलाई राख्नुपर्छ । पहिचान हुनुअघि नै संक्रमण फैलिन सक्ने हुँदा पनि आइसोलेशनको व्यवस्था गर्नु उचित हुन्छ ।

यो आवश्यकता स्पष्ट छ, त्यसैले देशभित्र आउने व्यक्तिहरूलाई सक्रियतापूर्वक परीक्षण गर्ने र आवश्यकताका हिसाबमा क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ । स्टकल्यान्डका मन्त्री निकोला स्टरजेनले यस्तो गर्न आफू प्रतिबद्ध रहेको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कदमको प्रतिक्षा गरेको बताएका छन् ।

भ्याक्सिनको समुचित र प्रभावकारीरूपमा वितरण हुँदामात्रै विश्वबाट महामारी निर्मूल हुने सम्भावना रहन्छ । निराशाजनक सत्य के हो भने महामारी निर्मूल हुन अझै केही समय लाग्नेछ ।

बेलायतजस्ता समृद्ध देशले कोरोना नियन्त्रणमा आन्तरिक हिसाबमा मात्रै सफल भएर हुँदैन । आर्थिक हिसाबमा कमजोर देशका नागरिकलाई कोरोना भ्याक्सिनको पहुँचमा पुर्‍याउन पनि सहयोग गर्नुपर्छ । गरिब देशले स्रोतसाधनको अभावमा औषधि उत्पादक कम्पनीसँग भ्याक्सिन खरिदका लागि मोलतोल गर्न सकिरहेका छैनन् । जसले गर्दा बहुसंख्यक जनसंख्यालाई भ्याक्सिन लगाउन असमक्ष भएका छन् । उता समृद्ध देशले भने प्रतिव्यक्ति ९ डोज भ्याक्सिन खरिद गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यस्ता देशलाई आफूसँग भएको कोभ्यास गरिब देशसँग बाँढ्न आग्रह गरेको छ । नर्वेले आफ्नो जनतालाई भ्याक्सिन लगाउँदै गर्दा गरिब देशका जनतालाई पनि भ्याक्सिन बाँढ्ने प्रतिबद्धता जनाइसकेको छ । बेलायतले आर्थिक सहयोग गर्ने बताए पनि कोभ्यास कसरी वितरण गर्छ भन्ने अहिलेसम्म जनाएको छैन ।

भ्याक्सिन वितरण गर्नुपर्ने नैतिक अनिवार्यता त छ नै, त्योसँगै व्यक्तिगत स्वार्थ पनि जोडिएको छ । आफूले मात्रै भ्याक्सिन लगाएर सुरक्षित हुन सक्ने अवस्था नरहेकाले र भ्याक्सिन प्रयोग नगरेका व्यक्तिबाट संक्रमण फैलिने डर हुँदा समुचित हिसाबमा भ्याक्सिन वितरण गर्नुपर्ने बाध्यता छ ।

भ्याक्सिनको समुचित र प्रभावकारीरूपमा वितरण हुँदामात्रै विश्वबाट महामारी निर्मूल हुने सम्भावना रहन्छ । निराशाजनक सत्य के हो भने महामारी निर्मूल हुन अझै केही समय लाग्नेछ ।

हठातरूपमा महामारी अन्त्य हुने सम्भावना छैन । यो विस्तारै हुनेछ । यसमा कुन देशले कस्तो भूमिका खेल्यो भन्ने कुरा पनि महत्वपूर्ण हुने देखिन्छ । समृद्ध देशले परीक्षण र भ्याक्सिनको प्रयोग र प्रभावकारी स्वास्थ्य उपचारबाट अन्त्य गर्नेछन् । गरिब देशले त्यसको लागि संघर्ष गर्नुपर्ने हुन्छ । दरिलो समर्थनविना उनीहरू एक्लैले यो महामारीबाट पार पाउन सक्ने अवस्था छैन ।

(देवी श्रीधर बेलायतस्थित एडिनबरा विश्वविद्यालय अन्तर्गत ग्लोबल पब्लिक हेल्थ विषयकी प्रध्यापक हुन् । १५ फेब्रुओरी २०२१ मा द गार्जियनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)  

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ८ : ०१ बजे

पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण 

काठमाडौं– पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन ।

चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च

काठमाडौं– चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च रहेको

उपत्यकामा पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट

‘बैंकर्स र व्यवसायी छुट्याउनैपर्छ’ : नरबहादुर थापा

काठमाडौं – बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न

निर्यात बढाउन तीन वटै तहका कानुन सहयोगी हुनुपर्छ : मन्त्री पाण्डे

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको