खोपको दुबै डोज लगाएकाले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने « Khabarhub

खोपको दुबै डोज लगाएकाले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले कोभिड – १९ भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाइ कतारमा क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार यो सुविधा कतारी नागरिक र कतारको आवासिय अनुमति प्राप्त (कतारी आईडी होल्डर ) का लागि मात्र हुने जनाएको छ ।

यो सुविधा भ्याक्सिनको दोस्रो डोज लगाएको १४ दिन पश्चात ३ महिनासम्म मात्र मान्य हुने हामद अस्पतालका सरुवा रोग विभागका प्रमुख डा.अब्दुल्लातिफ अल खालले बताए ।

कतारबाट छुट्टीमा गएकाहरू महंगो होटल क्वारेन्टाइनको बाद्यात्मक नियममा पिल्सिदै कतार फर्किन नसकिरहेकाहरूलाई यो एउटा सहज र कम खर्चिलो निकास हुन सक्नेछ ।

यहाँ खोप सुरु भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरूले कोभिड–१९ बिरुद्धको खोप प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ बिरुद्धको खोप अभियान कतारमा गत डिसेम्बर २३ तारिख २०२० देखि सुरु भएको थियो । पहिलो चरणमा वृद्धहरू, गम्भीर दीर्घकालीन रोगहरू र स्वास्थ्य सेवा फ्रन्टलाइनमा काम गर्नेहरुलाई  प्राथमिकता दिइरहेको छ ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने यसअघि नै जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : ३५ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको