शुक्रबार कुन भगवानको पूजा कसरी गर्ने ? | Khabarhub Khabarhub

शुक्रबार कुन भगवानको पूजा कसरी गर्ने ?


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ ।

आज शुक्रबार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

यिनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ ।

शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ६ : ४२ बजे

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान

पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा

पर्वत – गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा

वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै

काठमाडौं – विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज