टन्सिलको समस्या छ ? यसरी गर्नुहोस् घरमै उपचार  « Khabarhub

टन्सिलको समस्या छ ? यसरी गर्नुहोस् घरमै उपचार 


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्वास प्रश्वास सम्बन्धी रोगहरु प्रदुषण, मौसम परिवर्तन, धुमपान, मद्यपान सेवन तथा मसालादार चिजहरुको अत्याधिक सेवनका कारण उत्पन्न हुने गर्दछन् ।

श्वासप्रश्वास सम्बन्धी रोगहरुमा मुख्यतया टन्सिल, खोकी, लाग्नु, क्षयरोग, ब्रोङ्काइटिस, निमोनिया, घाँटी बस्नु आदि पर्दछन् ।

यी रोगहरुको उपचार समयमै गर्न सकिएन भने मानिसको मृत्यु पनि हुन सक्छ ।

यी रोगहरुमध्ये टन्सिल रोगको घरेलु उपचारबाट कसरी समाधान गर्न सकिन्छ भन्ने बारे केही महत्वपूर्ण कुराहरु तल उल्लेखित छन् —

—महेन्दीको पातलाई पानीमा उमाल्नुहोस् र उक्त पानीले दैनिक कुल्ला गर्नाले टन्सिल निको हुन्छ ।

—अदुवालाई पोली चुस्नाले टन्सिल पूर्ण रुपमा छिटो निको हुन्छ ।

—नुन र बेसार तातोपानीमा मिलाई सेवन गर्नाले टन्सिल निको हुन्छ ।

—सुपलाई भुटेर खानाले घाँटी सफा हुन्छ ।

—पानको डाँठलाई काटेर चपाई खानाले टन्सिल निको हुन्छ ।

—५० ग्राम बेसार ४० ग्राम कालो मरिचलाई बराबर मात्रामा मिलाई पानीमा भिजाएर राख्नुहोस् । भिजाएको २४ घण्टापछि उक्त झोललाई घाँटीमा लगाउनाले टन्सिल बिना अप्रेशन निको हुन्छ ।

—दूधको सेवन गर्नु टन्सिलको लाग अत्यन्त प्रभावकारी हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ५५ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका