कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित : राष्ट्रसंघ « Khabarhub

कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित : राष्ट्रसंघ


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा(एएफपी)- द्वन्द्वग्रस्त लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गत जनवरीदेखि अहिलेसम्म दुई सय जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले सोही अवधिमा अरू ४० हजार मानिस विस्थापित भएको विवरण शुक्रबार सार्वजनिक गरेको छ ।

राष्ट्रसंघको शरणार्थीसम्वन्धी निकायले दुखद घटनाहरू बढ्दै गइरहेको उल्लेख गर्दै घटनामा कुख्यात एलाइड डेमोक्र्याटिक फोर्स (एडिएफ) दोषी रहेको दावी गरेको छ ।

कङ्गोमा सन् १९९५ देखि युगाण्डाको इस्लामिक ग्रुप हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै  आएको छ । यस बर्ष सन् २०२१ को सुरुदेखि नै हिंसात्मक घटना धेरै भएको देखिएको छ ।

घटनामा दर्जनौँ घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् ।

उनीहरूलाई विभिन्न ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । तर आधारभूत सेवा सुविधाको भने समस्या रहेको अधिकारीहरूले जनाएका छन् । विषेशगरी बस्ने ठाउँ, खाना, पानी र स्वास्थ्य सेवाको अभाव रहेको उनीहरूको भनाइ छ ।

द्वन्द्वका क्रममा महिला र बालबालिका सवैभन्दा बढी पिडित भएका छन् भने खतरामा पनि उनीहरू नै रहेका छन् ।

कोरोनाभाइरस र इबोलाको महामारी फैलिने डर पनि उत्तिकै रहेको अनुगमनकर्ता अधिकारकर्मीहरूले जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ३० बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ