८ महिनाको व्यापार : ९ खर्बको आयात हुँदा ८० अर्बको निर्यात | Khabarhub Khabarhub

८ महिनाको व्यापार : ९ खर्बको आयात हुँदा ८० अर्बको निर्यात



काठमाडौँ— चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा निर्यात भने ८० अर्ब रुपैयाँको मात्र भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिना र गत वर्षको यसै अवधिको तुलनामा आयातमा केही वृद्धि भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष आयात २ दशमलव १३ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँको आयात भएको थियो ।

गत आर्थिक वर्षको ८ महिनामा ७४ अर्ब ९० करोडको वस्तु निर्यात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ९० अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा २१ दशमलव १८ प्रतिशतले निर्यात बढेको छ ।

यसरी आयात उच्च र निर्यात न्यून देखिएको छ ।

धेरै आयात भएका यी वस्तुहरू

चालु आर्थिक वर्षको ८ महिनामा अत्यधिक आयात भएका वस्तुमध्ये डिजेल, एम.एस. वालेट, मोवाइल टेलिफोन, भटमासको तेल कच्चा, एल पि ग्यास, तयारी कपडा, पेट्रोल, चामल, एच.आर. सीट र अन्य कोइला रहेका छन् ।

चालु आर्थिक वर्षको ८ महिनामा ४७ अर्ब ३९ करोड रुपैयाँको डिजेल आयात भएको छ । गत आर्थिक वर्ष यही अवधिमा ६३ अर्ब ३ करोड रुपैयाँको डिजेल आयात भएको थियो ।

त्यस्तै ४४ अर्ब ४५ करोड रुपैयाँको ७८ करोड ३४ लाख ७७ हजार किलो एम.एस. विलेटको आयात भएको छ ।

त्यस्तै ८ महिनामा २१ अर्ब ५ करोड रुपैयाँको ३१ करोड १० लाख किलो खाना पकाउने एल पी ग्यासको आयात भएको छ ।

त्यस्तै ८ महिनामा २० अर्ब ८ करोड रुपैयाँको १५ करोड २४ पिस तयारी कपडा, १९ अर्ब २६ करोड रुपैयाँको ३९ करोड ५० लाख लिटर पेट्रोल, १९ अर्ब १७ करोड रुपैयाँको ३८ करोड ६४ लाख किलो चामल, १८ अर्ब ४ करोड रुपैयाँको २८ करोड २५ लाख किलो एच.आर. सीट आयात भएको छ ।

भटमासको कच्चा तेल र मोवाइल फोन दोब्बर

भटमासको तेल (कच्चा) आयातमा दोब्बरभन्दा बढी वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँको १२ करोड ६८ लाख २० हजार किलो भटमासको तेल आयात भएको थियो थियो ।

चालु आर्थिक वर्षको ८ महिनामा २५ अर्ब २ करोड रुपैयाँको २४ करोड ५७ लाख ४८ हजार किलो आयात भएको तथ्यांकमा उल्लेख छ ।

मोवाइल फोनको अत्यधिक आयात भएको छ । गत वर्षकै तुलनामा पनि यस वर्षको ८ महिनामा मोवाइल फोनको आयात दोब्बरले वृद्धि भएको देखिन्छ ।

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ८३ प्रतिशतले आयात बढेको छ । साउनदेखि फागुन मसान्तसम्म २ अर्ब ६३ करोड रुपैयाँ बराबरको ४९ लाख ९३ हजार सेट मोवाइल फोन आयात भएको देखिन्छ ।

भारत, चीन, भियतनाम लगायतका देशबाट मोवाइल फोन आयात हुने विभागले जनाएको छ ।

भटमासको तेल निर्यात पनि दोब्बर

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातको पहिलो नम्बरमा भटमासको प्रशोधित तेल छ ।

साउनदेखि फागुन मसान्तसम्म २३ अर्ब १२ करोड रुपैयाँको १५ करोड १७ लाख किलो भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा ७ अर्ब ५२ करोडको ५ करोड ७४ लाख किलो भटमासको प्रशोधित तेल आयात भएको थियो ।

त्यस्तै नेपालमा उत्पादन भएको चिया विश्वका विभिन्न देशहरूमा पुग्ने गर्छ । चालु आर्थिक वर्षको ८ महिनामा ३ अर्ब रुपैयाँको ९५ करोड २७ लाख किलो चिया निर्यात भएको छ ।

त्यस्तै ५ अर्ब १ करोड रुपैयाँको २२ कारोड ४२ लाख किलो सेन्थेटिक यार्न, ४ अर्ब ९५ करोड रुपैयाँको ६२ लाख किलो अलैँची, ४ अर्ब ७४ करोड रुपैयाँको ३२ लाख ४२ हजार वर्ग मिटर उनी गलैँचा, ३ अर्ब ६१ करोड रुपैयाँको ७९ लाख ६० हजार पिस तयारी कपडा निर्यात भएको छ ।

त्यस्तै ८ महिनामा २ अर्ब २४ करोड रुपैयाँको १४ लाख ३८ हजार किलो जमोठ कपडा, २ अर्ब ३८ करोड रुपैयाँको ३२ लाख ९६ हजार लिटर फलफूलको जुस निर्यात भएको छ ।

२ अर्ब ९१ करोड रुपैयाँको ६३ करोड ८६ लाख मिटर जुटबाट बनेको कपडा, २ अर्ब २७ करोड रुपैयाँको १ अर्ब ८६ करोड ४२ लाख अन्य कपडा (उनी, सुती) नेपालबाट विश्व बजारमा निर्यात भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : ०१ बजे

आयुर्वेद र वैकल्पिक चिकित्सा सेवाको रणनीति बनाउँदै स्वास्थ्य मन्त्रालय

चितवन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको

सत्तामा जाने भर्‍याङ बनाउन प्रतिक्रियावादी शक्ति सलबलाए : एमाले  

काठमाडौं– नेकपा एमालेलेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको छ

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक

युक्रेनबारे ट्रम्प र पुटिनबीच मंगलबार छलफल हुने 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनबारे

हामी सरकारमा जाने प्रचार सबै भ्रम हो : प्रचण्ड  

काठमाडौं– तीन ठूला दलहरू मिलेर राष्ट्रिय सरकार गठनको तयारी भइरहेको