आमिरलाई अलकाले स्टुडियोबाट निकालेपछि… « Khabarhub

आमिरलाई अलकाले स्टुडियोबाट निकालेपछि…


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कैयौं बलिउड फिल्ममा सुपरहिट गीत दिएकी गायिका अलका याग्निक ५५ वर्ष पुगेकी छन् । उनको जन्म २० मार्च, १९६६ मा कोलकातामा भएको थियो ।

दैनिक भास्करले यी गायिकाको जन्मदिनको अवसर पारेर एक किस्साको बारे समाचार लेखेको छ । जुन किस्सालाई सम्झिएर अहिले पनि अलका खुबै हास्छिन् ।

८० देखि ९० को दशककी गायिका अलकाले फिल्म ‘कयामत से कयामत तक’मा जुही चावलाका लागि गीत गाउनुपर्ने थियो । त्यो समय उनी फिल्म ‘तेजाब’को गीत गाएर लोकप्रिय भइसकेकी थिइन् ।

जोकोही संगीतकार पनि अलकासँग गीतको सहकार्य गर्न चाहन्थे । एकदिन एक रेकर्डिङ स्टुडियोमा आएर गीत गाइरहदा एक युवक उनको अगाडि आएर बसे ।

अलकाले गाइरहँदा त्यो युवकले उनलाई घुरेर हेरिरहेको थिए । युवकको व्यवहार देखेर अप्ठ्यारो महशुस गरेकी उनले ती युवकलाई रेकर्डिङ स्टुडियो बाहिर जान आदेश दिइन् । आदेश पाउनासाथ ती युवक बाहिर निस्किए ।

रेकर्डिङको काम सकिएपनि नासिर हुसेनले अलकालाई फिल्मको कलाकारसँग भेट्नका लागि प्रस्ताव गरे । ती कलाकारमा जूही चावला र आमिर खान पनि थिए ।

आमिर र जुही त्यो समयमा नयाँ भएकाले अलकाले उनीहरुलाई चिनेकी थिइनन् । जुही र अलकाको पहिलो भेट त्यही स्टुडियोमा भएको थियो । तर जब आमिरको पालो आयो, अलकाले आमिरलाई चिनिहालिन् । किनकी अलकाले स्टुडियोबाट निकालेका युवा आमिर नै थिए ।

त्यसपछि अलकाले हाँस्दै ‘सरी’ भनिन् र आमिरले ‘ओके’ भनेपछि उनीहरुबीचको कुरा मिल्यो । अहिले पनि आमिरसँग अलकाको कहिँकतै भेट भइहाल्यो भने यो घटना सम्झेर हास्ने गर्छिन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  २ : ५५ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक