सर्वोच्चको फैसला बाध्य भएर कार्यान्वयन गर्नु परेको छ : माधव नेपाल « Khabarhub

सर्वोच्चको फैसला बाध्य भएर कार्यान्वयन गर्नु परेको छ : माधव नेपाल


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको नाम विवादमा सर्वोच्चले गरेको फैसला जन्मिएको बच्चा मान्दिन फेरि गर्भमा लिएर जाउ भनेजस्तो भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार आफू निकट युवाहरूको भेलालाई सम्बोधन गर्दै नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई चुनौती दिनेगरी अभिव्यक्ति दिएका हुन् । उनले बाध्य भएर सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपरेको बताए ।

‘सर्वोच्च अदालतले फैसला गरेछ, दुईवटा पार्टीले निर्णय गरे पनि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए पनि हामी मान्दैनौँ, तिमीहरू पुरानै ठाउँमा फर्क भनेर फैसला गरिदिएछ, यो जन्मिएको बच्चा मान्दैनौँ फेरि गर्भमा लिएर जाउ भनेजस्तै फैसला हो,’ उनले भने,‘बच्चा जन्मिसकेको छ, नयाँ संगठन अस्तित्वमा आइसकेको छ, त्यो मान्दिन भन्दियो सर्वोच्च अदालतले, अब हामीले असहमति भएपनि सर्वोच्चको फैसला लागु गर्दिन भन्न मिल्दैन । बाध्य भएर हामीले त्यसलाई लागु गर्नुपर्ने भइराछ ।’

सर्वोच्चको फैसला अनुसार आफूहरू एमालेमै जाने नेता नेपालले प्रष्ट पारे । उनले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीमा नजानेसमेत बताए । उनले भने,‘ ओली पनि एमालेमा फर्कने हो, एमालेको पुरानो संगठन ब्युँताउने हो तर ओलीले यसलाई मान्न तयार देखिएन ।’

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : १३ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः