आर्मीले जित्यो मकवानपुर गोल्डकपको उपाधि « Khabarhub

आर्मीले जित्यो मकवानपुर गोल्डकपको उपाधि


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – साविक विजेता मकवानपुर ११ लाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

हेटौंडामा सञ्चालन भएको गोल्डकपमा आर्मीले मकवानपुरलाई १–० गोलले हराएको हो । खेलको ३९ औं मिनेटमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । मकवानपुरका गोलरक्षक अशोक बराल अघि बढेको मौका छोप्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । घरेलु दर्शकको साथ पाएको मकवानपुरले खेलमा खासै अवसर सिर्जना गर्न सकेन ।

आर्मीले पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसनलाई र मकवानपुरले ए डिभिजन लिग फुटबल च्याम्पियन मछिन्द्र क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता आर्मीले नगद १० लाख रुपैयाँ प्राप्त गर्दा मकवानपुरले भने ५ लाख रुपैयाँमै चित्त बुझाउन बाध्य भयो ।

फाइनल खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता आर्मीका कप्तान टेकबहादुर बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा विधागततर्फ पनि विजेता आर्मीकै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, डिफेण्डर आर्मीकै दीपक गुरुङ, मिडफिल्डर आर्मीकै सेसेहाङ आम्देम्बे र उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित भए । उत्कृष्ट फरवार्ड भने मकवानपुर ११ का रञ्जन बिष्ट भए । उनीहरुले जनही २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ४५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको