इलाममा जारी भलिबलको उपाधीका लागि आर्मी र झापाको विमान भिड्ने « Khabarhub

इलाममा जारी भलिबलको उपाधीका लागि आर्मी र झापाको विमान भिड्ने


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र झापाको विमान ट्रेडर्स दोस्रो इलाम आमन्त्रित खुला पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन् ।

आर्मीले अर्को विभागीय टिम पुलिस क्लब र विमानले विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराएर फाइनल भेट पक्का गरेका हुन् ।

शनिबारको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–२२, २५–२२ र २५–२० को सेटमा हरायो । पुलिसले पहिलो सेटमा २५–१९ को जित हासिल गरेपनि पर्याप्त भएन ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका मानबहादुर श्रेष्ठ, हरि अधिकारी, धनबहादुर भट्ट, हरिहजुर थापा र राजेन्द्र विष्टलगायतका खेलाडीले आर्मीको तर्फबाट सानदार प्रदर्शन गरे । टिम कप्तान इम रानामगर, कुलबहादुर थापा, विशाल विक र दीपकराज जोशीलगायत अनुभवी खेलाडीलाई पुलिसले मैदानमा उतारेको थियो ।

भारतको राष्ट्रिय टिमका खेलाडीहरू प्रिन्स, सुगमलगायत राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव गरिसकेका अधिकतर खेलाडी रहेको विमानले एपीएफलाई सोझो सेटमा पराजित गर्‍यो । विमानले २७–२५, २५–२० र २५–२२ को सेटमा एफिएफलाई पाखा लगायो ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी एकराज अवस्थी, विनोद चन्द र विजय थापालगायतका खेलाडीले एफिएफको तर्फबाट विमानको सामना गरे । एपीएफकै हेमन्त मल्ल शनिबारको म्यान अफ् दि म्याच घोषित भए ।

आइतबार आर्मी र विमानबीच बिहान १० बजे फाइलन खेल हुनेछ । ४ गतेदेखि शुरू प्रतियोगितामा सात टिम सहभागी छन् ।

विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख १ हजार र तेस्रो हुने टिमले नगद ५१ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ११ : ०१ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर