रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको व्यवसायीले अवज्ञा गर्ने « Khabarhub

रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको व्यवसायीले अवज्ञा गर्ने


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारले गरेको निर्णयमा व्यवसायीले विमति जनाएका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दोहोरी साँझ र रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समिति र त्यस मातहतका संघ सस्थाहरूले सरकारको निर्णयको अवज्ञा गर्ने घोषणा गरेका हुन् ।

उनीहरूले सरकारले अघिल्लो वर्ष पनि लामो समय लकडाउन र प्रतिबन्ध लगाउँदै आफूहरूको व्यवसाय चौपट बनाएको भन्दै अब पनि यसलाई बन्द गरेर आफूहरूसहित यस्ता व्यापार व्यवसायमा आवद्ध कर्मचारीसहित उनीहरूका आश्रित १५ लाख मानिसहरूलाई प्रभावित बनाउन खोजेको आरोप लगाएका छन् ।

व्यवसायीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सिट क्षमताका शर्तहरू पालन गर्ने तर व्यवसाय बन्द नगर्ने जनाएका छन् ।

कार्यक्रममा दोहोरी साँझ, रात्रिकालीन व्यवसाय, लाउञ्ज, रेष्टुरेन्टसहित कलाकारको समेत उपस्थिति रहेको थियो । उनीहरूले कोरोना कहरको बहानामा आफूहरूको व्यवसाय बन्द गरिए त्यसको प्रतिकार र विरोध गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : २७ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य