खप्तडछान्ना गाउँपालिकामा चैते अष्टमीको बिदा « Khabarhub

खप्तडछान्ना गाउँपालिकामा चैते अष्टमीको बिदा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– खप्तडछान्ना गाउँपालिकामा आज चैते अष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

चैते शुक्ल अष्टमीका दिन मनाइँदै आएको चैते अष्टमी पर्वका अवसरमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले यही वैशाख ५ गते गाउँकार्यपालिकाले गरेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको बताए ।

रोकायाका अनुसार गाउँपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ ।

गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पुनः फैलिएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नाका साथै सामाजिक दूरी कायम गरी भीडभाडमा नजानसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ४० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको