नेदरल्याण्ड्ससामू नेपालको २०७ रनको लक्ष्य « Khabarhub

नेदरल्याण्ड्ससामू नेपालको २०७ रनको लक्ष्य


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको हो ।

ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।

नेपालका लागि ओपनर कुशलले लगातार तेस्रो अर्धतशक प्रहार गर्ने क्रममा सर्वाधिक ६२ रन बनाए । उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरेका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।

यसअघि उनले नेदरल्यण्ड्स र मलेसिया विरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन् ।

उनले नेदरल्याण्ड्स विरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए ।

नेपालका लागि पारस खड्काले सर्वाधिक ५ अर्धशतक प्रहार गरेका छन् । पारसपछिको स्थानमा कुशल आएका छन् ।

यस्तै दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए । कप्तान ज्ञानेन्द्र २० रन बनाएर आउट हुँदा नेपालले ६३ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै ७८ रनको साझेदारी गरे ।

यस्तै, कुशल मल्ल ७ बलमा १८ रन जोडेर आउट भए । करण केसीले १ रन मात्र जोडे । सोमपाल कामीले १३ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २१ रन बनाए । विनोद भण्डारी ७ रनमा अविजित रहे ।

बलिङमा नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र कप्तान पिटर सिलारले २-२ विकेट लिए । यस्तै बास डे लिड र आर्यन दत्तले समान १ विकेट लिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : १५ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको