‘सरकारको आदेश कडाइका साथ कार्यान्वयन गराउने’ « Khabarhub

‘सरकारको आदेश कडाइका साथ कार्यान्वयन गराउने’


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई कडा रुपमा कार्यान्वयन गराउने भएको छ ।

मंगलबार बसेको समिति बैठकले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी र कडा रुपमा कार्यान्वयन गराउने निर्णय गरेको हो ।

सरकारले जारी गरेको आदेश कार्यान्वयन भए/नभएको अनुगमन गर्न उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले अनुगमन टोली बनाउने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै, कोरोना न्युनिकरण गर्न आवश्यक अन्तरक्रिया, छलफल र जनचेतनामूलक कार्यक्रम गरिने उनले बताए । सरकारले सोमबार ‘नयाँ भेरिएन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : १५ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले