खेलकुद क्षेत्रमा राजनीति हुनु हुँदैन : सदस्य सचिव सिलवाल « Khabarhub

खेलकुद क्षेत्रमा राजनीति हुनु हुँदैन : सदस्य सचिव सिलवाल


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रमा राजनीति घुसाउन नहुने बताएका छन् ।

मंगलबार काठमाडौँमा नेपाल खेलकुद महासंघको भेलामा बोल्दै सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने तर राजनीतिक दलले खेलकुदलाई आफ्नो अंग बनाउनुपर्ने बताएका हुन् । उनले भेलामार्फत संगठन निर्माण गरेर खेल क्षेत्रको विकास गर्न खोज्नु सकारात्म रहेको बताए ।

सिलवालले खेल क्षेत्रमा लागेका व्यक्तिहरुको उचित सम्मान गर्न आवश्यक रहेको भन्दै राखेपले त्यसको सुरुवात गरेको बताए । राखेपले खेलकुदलाई आर्थिक रुपमा जोड्न फ्रेन्चाइज खेल आयोजना गर्न लागेको उनले जानकारी दिए ।

त्यस्तै खेलकुदलाई सबै जिल्लामा पुर्‍याउन राखेपले योजना निर्माण गरेको बताए ।

नेपालको बाम लोकतान्त्रिक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको विकासका लागि भेला आयोजना गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ४५ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक