खेलकुद क्षेत्रमा राजनीति हुनु हुँदैन : सदस्य सचिव सिलवाल « Khabarhub

खेलकुद क्षेत्रमा राजनीति हुनु हुँदैन : सदस्य सचिव सिलवाल


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रमा राजनीति घुसाउन नहुने बताएका छन् ।

मंगलबार काठमाडौँमा नेपाल खेलकुद महासंघको भेलामा बोल्दै सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने तर राजनीतिक दलले खेलकुदलाई आफ्नो अंग बनाउनुपर्ने बताएका हुन् । उनले भेलामार्फत संगठन निर्माण गरेर खेल क्षेत्रको विकास गर्न खोज्नु सकारात्म रहेको बताए ।

सिलवालले खेल क्षेत्रमा लागेका व्यक्तिहरुको उचित सम्मान गर्न आवश्यक रहेको भन्दै राखेपले त्यसको सुरुवात गरेको बताए । राखेपले खेलकुदलाई आर्थिक रुपमा जोड्न फ्रेन्चाइज खेल आयोजना गर्न लागेको उनले जानकारी दिए ।

त्यस्तै खेलकुदलाई सबै जिल्लामा पुर्‍याउन राखेपले योजना निर्माण गरेको बताए ।

नेपालको बाम लोकतान्त्रिक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको विकासका लागि भेला आयोजना गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ४५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप