टी–२० सिरिज : नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित « Khabarhub

टी–२० सिरिज : नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको छ । जारी टी–२० सिरिजमा नेपालको यो पहिलो हार हो ।

यो हारपछि नेपालले फाइनलमा पुग्नका लागि अर्को खेल कुर्नुपर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ब्याट्सम्यान बास डी लिडे चम्किदा नेदरल्याण्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य ३ बल बाँकी छदा पूरा गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रनको योगफल बनाएको थियो ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध आज सुरुवात भने राम्रो गर्न सकेन । यसअघिका दुई खेलमा शतकीय साझेदारी गरेका कुशल भुर्तेल र आशिफ शेखको जोडी आज भने जम्न सकेनन् ।

कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलबीच ७८ रनको साझेदारी भएको थियो । जसमा कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतले ६२ रन बनाए ।

४६ रनको अवस्थामा उनले नो बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । उनी डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बने ।

नेपालका दिपेन्द्रसिंह ऐरी ६० रनमा आउट भए । दिपेन्द्रले पनि टी २० मा पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउन सफल भए । करण केसी एक रनमा आउट भए ।

नेदरल्याण्ड्सका पिटर सेलार र भिभिन किंग्माले दुई दुई विकेट लिए ।

जवाफमा नेदरल्याण्ड्सले १९ ओभर बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेदरल्याण्ड्सको जीतमा बास डी लिडेले ८१ रन बनाए ।

अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई जीतका लागि ६ रन चाहिएको थियो । जसमा उनले लगातार दुई चौका प्रहार गर्दै जित निकाले ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ०० बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको