सूरिया हेल्थ केयरले स्वाव नै नलिइ ९ हजारमा कोरोनाको नक्कली रिपोर्ट बेच्ने गरेको खुलासा « Khabarhub

सूरिया हेल्थ केयरले स्वाव नै नलिइ ९ हजारमा कोरोनाको नक्कली रिपोर्ट बेच्ने गरेको खुलासा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सिनामंगलस्थित सुरिया हेल्थ केयरले स्वाब नै नलिइ कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट दिने गरेको खुलेको छ ।

महानगरी अपराध महाशाखाका अनुसार उक्त ल्याबले ९ हजार रुपैयाँ लिएर परीक्षणविना नै कोरोना नेगेटिभ भएको रिपोर्ट दिने गरेको खुलेको हो ।

महाशाखाको टोलीले उक्त ल्याबमा छापा मारी केही नक्कली रिपोर्ट बरामद गर्नुका साथै संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रहरीले व्यवस्थापन प्रमुख लेखानन्द प्रसाद सिंहसहित ८ जनालाई पक्राउ गरेको छ । यसैगरी उक्त ल्याबका कम्प्युटर लगायतका उपकरण समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनका विषयमा महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले भने, ‘जनस्थास्थ्यका हिसाबले यो अत्यन्तै ठूलो लापरबाही हो । ल्याबको मिलेमतोमा नक्कली एजेन्ट खडा गरी ९ हजार रुपैयाँ लिएर स्वाव नै परीक्षण नगरी नेगेटिभ रिपोर्ट तयार भएको हामीले पाएका छौँ । थप अनुसन्धान हुँदैछ ।’

उक्त ल्याबले वैदेशिक रोजगारीमा जानेहरुका लागि समेत गर्नुपर्ने आवश्यक पीसीआर परीक्षण गर्दै आएको खुलेको छ ।

यस्तो छ प्रहरीले जारी गरेको विज्ञप्ति 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ०८ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल