‘ताउ-ते’ आँधीले भारतमा कम्तीमा ९० जनाको मृत्यु « Khabarhub

‘ताउ-ते’ आँधीले भारतमा कम्तीमा ९० जनाको मृत्यु


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा ‘ताउ-ते’ आँधीका कारण कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

आँधीले सबैभन्दा बढी पश्चिम दक्षिणका राज्यहरूलाई धेरै असर गरेको छ ।

सोमबार गुजरातमा जमिनमा आइपुगेको आँधीले मच्चाएको बितन्डामा कम्तीमा ९० जनाको मृत्यु भएको र कैयौं मानिसहरू बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आँधीसँगै विभिन्न स्थानमा भारी वर्षा भएको छ ।  समुद्रमा ८ मिटरसम्म अग्ला छाल आएको छ भने वर्षा र हुरीले सडकमा रूख ढाल्दा यातायात सेवा तथा विद्युत अवरूद्ध भएको छ ।

भारतीय मौसमविद्हरूका अनुसार बुधबारदेखि ताउ-तेको प्रभाव कम हुँदै गएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : ०५ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो