मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम अब ‘मध्यपश्चिम विश्वविद्याल’ « Khabarhub

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम अब ‘मध्यपश्चिम विश्वविद्याल’


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ ।

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन २०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रुपान्तरण गरेको हो ।

विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा लेखिएको छ, “ठाउँ–ठाउँमा र प्रचलित कानूनमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय भन्ने शब्दको सट्टा ‘मध्यपश्चिम विश्वविद्यालय’ भन्ने शब्दहरु राखिनेछ ।”

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले सरोकार पक्षलाई थाहै नदिई गुपचुपमा स्वायत्त संस्थाको नाम परिवर्तन गरिनु आपत्तिजनक रहेको प्रतिक्रिया दिए । “विश्वविद्यालय ऐन र नाम परिवर्तनको प्रक्रिया छ तर कुनै पनि पदाधिकारीले थाहै नपाउने गरी नाम परिवर्तन गरिएछ”, उनले भने, “नाम संशोधन गर्नुपरे कम्तीमा सरोकारवालासँग छलफल गरिनुपर्थ्यो ।”

उपकुलपति सिंहले नाम परिवर्तन गर्न आवश्यक भए कर्णाली, रारा वा अन्य कुनै नाम राख्न सकिने जनाउँदै यस्तो महत्वपूर्ण विषयमा हल्का रुपले निर्णय गर्दा संस्थाको व्ययभार अनावश्यक बढ्न पुगेको बताए । नाम परिवर्तन हुँदा मौज्दात लेटरप्याड, प्रतीकचिह्न, झण्डा, उत्तरपुस्तिकालगायत जिन्सी सामान खेर जानेछन् । – रासस

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : १५ बजे

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम