मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम अब ‘मध्यपश्चिम विश्वविद्याल’ « Khabarhub

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम अब ‘मध्यपश्चिम विश्वविद्याल’


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ ।

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन २०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रुपान्तरण गरेको हो ।

विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा लेखिएको छ, “ठाउँ–ठाउँमा र प्रचलित कानूनमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय भन्ने शब्दको सट्टा ‘मध्यपश्चिम विश्वविद्यालय’ भन्ने शब्दहरु राखिनेछ ।”

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले सरोकार पक्षलाई थाहै नदिई गुपचुपमा स्वायत्त संस्थाको नाम परिवर्तन गरिनु आपत्तिजनक रहेको प्रतिक्रिया दिए । “विश्वविद्यालय ऐन र नाम परिवर्तनको प्रक्रिया छ तर कुनै पनि पदाधिकारीले थाहै नपाउने गरी नाम परिवर्तन गरिएछ”, उनले भने, “नाम संशोधन गर्नुपरे कम्तीमा सरोकारवालासँग छलफल गरिनुपर्थ्यो ।”

उपकुलपति सिंहले नाम परिवर्तन गर्न आवश्यक भए कर्णाली, रारा वा अन्य कुनै नाम राख्न सकिने जनाउँदै यस्तो महत्वपूर्ण विषयमा हल्का रुपले निर्णय गर्दा संस्थाको व्ययभार अनावश्यक बढ्न पुगेको बताए । नाम परिवर्तन हुँदा मौज्दात लेटरप्याड, प्रतीकचिह्न, झण्डा, उत्तरपुस्तिकालगायत जिन्सी सामान खेर जानेछन् । – रासस

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै