नेपाल-भारत मैत्री अस्पतालमा १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालन « Khabarhub

नेपाल-भारत मैत्री अस्पतालमा १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालन


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा चावहिल, मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पतालमा आजदेखि १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालनमा आएको छ ।

लायन्स क्लब अफ काठमाडौँ समर्पणले दुईवटा हाईफ्लो मेशिन र छ वटा बाईप्याप मेसिन कोभिड बिरामीहरुका लागि नि:शुल्क रुपमा सेवा दिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष श्री दीपक बंसलले जानकारी दिए ।

कोभिड १९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सिर्जना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु [Life Saving Equipment’s] HDU वार्डमा उपलब्ध गराउने लायन्स समर्पणका उपाध्यक्ष लभेन्द्र सिंह मल्ल र सचिव अखिल अग्रवालले जानकारी दिएका छन् ।

लायन्स क्लब समर्पणसँग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने कार्यसमेत भईरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ७ : २८ बजे

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’

काठमाडौं– विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल