शेयर बजारमा ९ अर्ब माथिको कारोबार « Khabarhub

शेयर बजारमा ९ अर्ब माथिको कारोबार


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार कारोबार आज ६.३७ अंकले बढेको छ । सामान्य बढेको नेप्सेमा कारोबार रकम भने बुधबारको भन्दा करिब ३ अर्ब रुपैयाँले कमी आएको छ ।

आज २ करोड १ लाख ३३ हजार ६०२ कित्ताको कारोबारमा ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँ बराबरको भएको छ । हिजो करिब ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुन्य दशमलव २३ प्रतिशतले बढेको बजार २७८७.१९ विन्दुमा रोकिएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पनर्बीमा कम्पनीको ३४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, बैंक अफ काठमाडौंको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज मन्जुश्री र गुणवील फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी, समता लघुवित्तलगायत अन्य पाँच कम्पनीको शेयर कारोबार ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ७ : ४४ बजे

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’