शेयर बजारमा ९ अर्ब माथिको कारोबार « Khabarhub

शेयर बजारमा ९ अर्ब माथिको कारोबार


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार कारोबार आज ६.३७ अंकले बढेको छ । सामान्य बढेको नेप्सेमा कारोबार रकम भने बुधबारको भन्दा करिब ३ अर्ब रुपैयाँले कमी आएको छ ।

आज २ करोड १ लाख ३३ हजार ६०२ कित्ताको कारोबारमा ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँ बराबरको भएको छ । हिजो करिब ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुन्य दशमलव २३ प्रतिशतले बढेको बजार २७८७.१९ विन्दुमा रोकिएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पनर्बीमा कम्पनीको ३४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, बैंक अफ काठमाडौंको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज मन्जुश्री र गुणवील फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी, समता लघुवित्तलगायत अन्य पाँच कम्पनीको शेयर कारोबार ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ७ : ४४ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म