संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न राष्ट्रपतिको आह्वान « Khabarhub

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न राष्ट्रपतिको आह्वान


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णयअनुसार राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

भोलि एक दिनको समय दिएर राष्ट्रपतिले कुनै सांसदले बहुमत जुटाउन सके नयाँ सरकारको दाबी गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जनाइएको छ ।

संविधानको धारा ७६ उपधारा ५ मा कुनै सांसदले बहुमत जुटाउन सके सरकार गठन हुनसक्ने व्यवस्था रहेको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।’

भोलि बेलुका ५ बजेसम्म कुनै दलले बहुमतको सरकार गठनका लागि आधार प्रस्तुत गर्न नसके संविधानअनुसारै संसद विघटन हुनेछ । त्यसरी संसद विघटन गर्दा ६ महिनाभित्र चुनावको मिति समेत घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यस्तो छ विज्ञप्ति

 

 

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : २४ बजे

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’

काठमाडौं– विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल