संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न राष्ट्रपतिको आह्वान « Khabarhub

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न राष्ट्रपतिको आह्वान


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णयअनुसार राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

भोलि एक दिनको समय दिएर राष्ट्रपतिले कुनै सांसदले बहुमत जुटाउन सके नयाँ सरकारको दाबी गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जनाइएको छ ।

संविधानको धारा ७६ उपधारा ५ मा कुनै सांसदले बहुमत जुटाउन सके सरकार गठन हुनसक्ने व्यवस्था रहेको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।’

भोलि बेलुका ५ बजेसम्म कुनै दलले बहुमतको सरकार गठनका लागि आधार प्रस्तुत गर्न नसके संविधानअनुसारै संसद विघटन हुनेछ । त्यसरी संसद विघटन गर्दा ६ महिनाभित्र चुनावको मिति समेत घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यस्तो छ विज्ञप्ति

 

 

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : २४ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन