कोरोना महामारीसँग जुध्न नेपाललाई यूएसएडको आपत्कालीन सहयोग « Khabarhub

कोरोना महामारीसँग जुध्न नेपाललाई यूएसएडको आपत्कालीन सहयोग


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)ले नेपाललाई कोभिड–१९ को महामारीसँग जुध्न आपत्‌कालीन सहयोगको घोषणा गरेको छ ।

स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक सर्जिकल मास्क, फेसशिल्ड तथा पन्जा बोकेको पहिलो विमान नेपालतर्फ प्रस्थान गरिसकेको यूएसएडले जनाएको छ । यो सहयोग सामग्रीको पहिलो चरण भएको र बाँकी आगामी दिनमा पठाइने यूएसएडको भनाइ छ ।

पछिल्लो तीन सातामा यूएसएडले नेपाललाई कोरोना भाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर (करीब रू.१ अर्ब ७५ करोड) बराबरको सहयोग गरिसकेको जनाएको छ ।

यूएसएडले नेपालमा अक्सिजन सम्बन्धी उपकरण खरीद तथा मर्मतका लागि पनि सघाएको विज्ञप्ति मार्फत जनाएको छ ।

महामारीसँग जुध्न यूएसएडले बितेका १५ महिनामा ५० मिलियन डलर (करीब रू.५ अर्ब ८५ करोड) बराबरको सहयोग गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : २८ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी