असार ९  गतेदेखि दुबई–काठमाडौँ उडान, कति छ टिकट मूल्य ? « Khabarhub

असार ९  गतेदेखि दुबई–काठमाडौँ उडान, कति छ टिकट मूल्य ?


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही असार ९ गते देखि दुबई–काठमाडौँ उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले असार ९ (जुन २३) देखि दुबई–काठमाडौँ एकतर्फी उडान सुरु गर्ने भएको हो ।

निगमका अनुसार कोरोना भाइरस महामारी नियन्त्रण्का लागि सरकारले गरेको निषेधाज्ञाका कारण दुबईमा रोकिएका श्रमिकलाई उद्धार गर्ने उद्देश्यले सरकारको निर्णय अनुसार उडान सुरु गर्न लागिएको हो ।

दुबई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने यूएईका उडानमा युएई जान सक्दैनन् ।

नेपाल वायुसेवा निगमका अनुसार दुबईको उद्धार उडान असार ९ गते र असार १६ गतेका लागि तय भएको छ । उडान एकातर्फी भएकाले यूएईबाट नेपाल आउनेहरुले महँगो टिकट काट्नुपर्ने भएको छ ।

निगमका अनुसार यूएईबाट नेपाल आउनका लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ । यूएईबाट हुने उडान नियमित उडान नै भएपनि एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ ।

यूएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ४० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै