काठमाडौँ उपत्यकामा अझ खुकुलो पार्दै निषेधाज्ञा थप्ने तयारी « Khabarhub

काठमाडौँ उपत्यकामा अझ खुकुलो पार्दै निषेधाज्ञा थप्ने तयारी


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा अझ खुकुलो प्रावधानसहित निषेधाज्ञा थप्ने तयारी भएको छ ।

यसका लागि आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

सरकारले गत बुधबार निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेकाले त्यसैलाई आधार मानेर अघि बढ्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

काठमाडौँ उपत्यकामा संक्रमण घट्दै गएकाले अब यसअघि प्रतिबन्ध लगाइएका सबैजसो पसललाइ निश्चित समय वा फरक/फरक बार अनुसार सञ्चालन गर्न दिने तयारी भएको छ । यस्तै यातायातमा जोरबिजोर लगाउने, सरकारी कार्यालय सातामा दुई दिन बिदा दिनेजस्ता निर्णय हुन सक्ने प्रजिअ पराजुलीले बताए ।

काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पटक/पटक थपेर असार ७ गतेसम्म पुर्‍याइएको छ । निषेधाज्ञाताका दैनिक ३ हजार वा सोभन्दा बढीमा संक्रमण देखिएकोमा अहिले उपत्यकामा दैनिक संक्रमित संख्या पाँच सय हाराहारीमा छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ५५ बजे

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित

अत्तरिया– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह