काठमाडौँ उपत्यकामा अझ खुकुलो पार्दै निषेधाज्ञा थप्ने तयारी | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा अझ खुकुलो पार्दै निषेधाज्ञा थप्ने तयारी


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा अझ खुकुलो प्रावधानसहित निषेधाज्ञा थप्ने तयारी भएको छ ।

यसका लागि आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

सरकारले गत बुधबार निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेकाले त्यसैलाई आधार मानेर अघि बढ्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

काठमाडौँ उपत्यकामा संक्रमण घट्दै गएकाले अब यसअघि प्रतिबन्ध लगाइएका सबैजसो पसललाइ निश्चित समय वा फरक/फरक बार अनुसार सञ्चालन गर्न दिने तयारी भएको छ । यस्तै यातायातमा जोरबिजोर लगाउने, सरकारी कार्यालय सातामा दुई दिन बिदा दिनेजस्ता निर्णय हुन सक्ने प्रजिअ पराजुलीले बताए ।

काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पटक/पटक थपेर असार ७ गतेसम्म पुर्‍याइएको छ । निषेधाज्ञाताका दैनिक ३ हजार वा सोभन्दा बढीमा संक्रमण देखिएकोमा अहिले उपत्यकामा दैनिक संक्रमित संख्या पाँच सय हाराहारीमा छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ५५ बजे

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर