पर्यटनमन्त्री अरगरियाद्वारा पशुपति क्षेत्रको निरीक्षण, राम मन्दिरको शिलान्याश « Khabarhub

पर्यटनमन्त्री अरगरियाद्वारा पशुपति क्षेत्रको निरीक्षण, राम मन्दिरको शिलान्याश


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका छन् ।

कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया आइतबार बिहान कार्यकारी निर्देशक डा घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकालका साथमा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले पशुपति नाथ मन्दिरको दर्शन पनि गरेका छन् ।

यसक्रममा उनले पशुपति परिसरभित्रै रहेको राम मन्दिरको धार्मिक विधिअनुसार शिलान्याश पनि गरे । भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम शुरू भएको छ । ७ करोड लगानीमा आगामी साढे दुई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण शुरू भएको हो ।

शिलान्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए । उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए ।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए ।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो ।

शिलान्याश कार्यक्रममा सदस्य सचिव ढकालले मन्दिर निर्माणको काम समयमै सकिने बताए । कार्यक्रममा जसपाका युवा नेता मनिष मिश्रा, कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  २ : ०७ बजे

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि