नायिकामाथि यौन शोषण गरेको आरोपमा तमिलनाडुका पूर्वमन्त्री पक्राउ « Khabarhub

नायिकामाथि यौन शोषण गरेको आरोपमा तमिलनाडुका पूर्वमन्त्री पक्राउ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तमिल नायिकामाथि बलात्कार गरेको आरोपमा भारतको तमिलनाडु राज्यका पूर्वमन्त्री एम. मणिकनन्दन पक्राउ परेका छन् ।

उनलाई बेङ्गलोरबाट चेन्नई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । तमिल चलचित्रकी मलेशियाली नायिकाले उनीविरुद्ध बलात्कारको आरोपमा उजुरी दिएकी थिइन् ।

विवाहको प्रलोभन देखाएर पूर्वमन्त्री मणिकनन्दनले उनीमाथि लामो समयदेखि यौन शोषण गर्दै आएको मलेशियाली महिलाको आरोप छ ।

तमिलनाडु सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री बनिसकेका मणिकनन्दनमाथि बलात्कार तथा गर्भपतनका साथै ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

विवाहको प्रलोभन देखाएका पूर्व मन्त्रीले ती नायिकाको इच्छा विपरीत जबरजस्ती गर्भपतन गराएको आरोप छ । पूर्व मन्त्रीले पटक पटक गर्भपतन गर्न बाध्य पारेको ती नायिकाको भनाइ छ ।

यसअघि पूर्व मन्त्री मणिकनन्दनले ती नायिकालाई आफूले नचिनेको दाबी गरेका थिए । उनले आफूविरुद्ध लगाइएको आरोप झुठो र मनगढन्ते रहेको बताएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ०२ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।