वर्षाले भत्कायो कारागार पर्खाल « Khabarhub

वर्षाले भत्कायो कारागार पर्खाल


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट– लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो ।

कारागारको पर्खाल भत्ँकिदा कैदीबन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिए । “कारागारको एउटातर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ”, उनले भने, “पर्खाल भत्ँकिदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन् । कैदीबन्दी पनि जोखिममा परेका छन् ।”

पच्चीस जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा हाल कारागारमा ७४ कैदीबन्दी रहेको छन् । २०३२ सालमा बनेको कारगार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ साल चैत १३ मा एकजना कैदी भागेका थिए ।

कालीकोटका खाडाँचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ , पचालझरना र पलाता गाउँपालिकामा २७ घरटहरा भत्ँकिदा १३७ जना विस्थापित भएका छन् ।

जिल्लाका केही स्थानीय तहबाट पहिराको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । उनले नरहरिनाथ–९ लालुको शीतलपानीको दलित बस्ती पनि पहिराका जोखिममा परेको जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  २ : ३८ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी