नेप्से ६३ दशमलब २८ अंकले घट्यो, करिब १२ अर्बको कारोबार | Khabarhub Khabarhub

नेप्से ६३ दशमलब २८ अंकले घट्यो, करिब १२ अर्बको कारोबार


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार ठूलो अंकले घटेको छ । कारोबार शुरु भएको केही मिनेटसम्म उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचकमा बजार बन्दा हुँदा उच्च अंकको गिरावट आएको छ ।

३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेर बजार समूहगत सबइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।

नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलब ३२ अंकमा झरेको छ । नेप्से परिसूचक ठूलो अंकले घट्दा कारोबार रकम भने यस अघिको कारोबार भन्दा थोरै सुधारिएको छ । गत बिहीबार ११ अर्ब भन्दा कमको कारोबार भएकोमा आइतबार भने करिब १२ अर्बको कारोबार भएको छ ।

दिनभर भएका १ लाख २८ हजार २ सय ८१ कारोबारबाट २३० कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५ सय कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रूपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : १२ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका