अब बारअनुसार खुल्नेछन् यी पसलहरु (आदेशसिहत) « Khabarhub

अब बारअनुसार खुल्नेछन् यी पसलहरु (आदेशसिहत)


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा असार ८ गतेदेखि लागू हुने निषेधाज्ञामा बारअनुसार व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनजीवनलाई सहज बनाउन अबको निषेधाज्ञामा बारका आधारमा केही व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् ।

जिल्ला प्रशासनद्वारा जारी आदेश अनुसार अब आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खोल्न दिने निर्णय भएको छ ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल भने यस अघिकै निषेधाज्ञाकै नियम अनुसार विहान ११ बजेसम्म खोल्न दिइने छ ।

अन्य कुन कुन क्षेत्रमा गरियो खुकुलो यस्तो छ आदेश

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ३१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा