प्रचण्ड र नेपालले एमाले विभाजन गर्न खोजे : महेश बस्नेत « Khabarhub

प्रचण्ड र नेपालले एमाले विभाजन गर्न खोजे : महेश बस्नेत


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले देशी विदेशी शक्तिसँग मिलेर प्रचण्ड र नेपालले एमाले विभाजन गर्न खाजेको बताएका हुन् ।

एमालेलाई सत्ताबाट हटाउने षडयन्त्रमा एमालेकै सांसदहरु सहभागी भएका कारण षडयन्त्र तोड्न नसिकएको उनले बताए । उनले केपी ओलीको साढे तीन वर्ष लामो सरकारले मुलुकका लागि धेरै काम गरेको जिकिर गरे ।

बस्नेतले आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाएर पुन: सरकारमा आउने बताए । उनले पार्टीभित्र रहेर पार्टीविरुद्ध लाग्ने सांसदहरुलाई कडा कारवाही हुने बताए ।

त्यसअघि भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ५० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि