प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा « Khabarhub

प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन्।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन् ।

प्रचण्ड पुत्री गंगा दाहालले आमाको सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा निवासमा पुगेको जानकारी दिएकी छन् । उनले फेसबुकमा तस्वीर पोष्ट गर्दै प्रधानमन्त्री देउवाले ममी (आमा) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र स्वास्थ्य लाभको शुभकामना दिएको बताएकी छन् ।

पार्किन्सन् रोगका कारण लामो समयदेखि सीता अस्वस्थ छिन् । उनलाई उपचारका लागि अमेरिका र भारतसमेत लगिएको थियो । पछिल्लो समय सीताको स्वास्थ्य अवस्था निक्कै कमजोर रहेको परिवारजनले बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ४२ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि