देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने महान्यायाधिवक्ता खातीको प्रतिबद्धता « Khabarhub

देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने महान्यायाधिवक्ता खातीको प्रतिबद्धता


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले आफू सधैँ जनताको हितमा र संविधानअनुसार कार्य गर्न तयार भएको बताएका हुन् । आफूसँग काम गर्ने ऊर्जा र क्षमता रहेको उनको भनाइ छ ।

धेरैले कम उमेरको भएकाले कसरी काम गर्न सक्छ भनेर प्रश्न उठाइरहेको उल्लेख गर्दै उनले सही तरिकाले काम गरेर देखाउने दृढता व्यक्त गरे । उनले विधिको शासन, संघीय लोकतान्त्रिक गणतन्त्रको सोच अनुरुप आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाल सरकारलाई कानुनी सल्लाह दिने बताए । जस्तोसुकै अनुकूलता र प्रतिकूलतामा पनि अविचलित रही काम गर्ने खातीले बताए ।

उनले मिडियाको भूमिका निकै महत्वपूर्ण हुने भन्दै आफूलाई मिडिया क्षेत्रबाट आउने सल्लाह, सुझाव र निर्देशन समेत स्वीकार्य हुने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ८ : २९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि